
चाइनाले पाकिस्तानमा गरेको लगानीमा अमेरिका किन रुष्ट ?
२३ फाल्गुन २०७५, बिहीबार १२:३३
राष्ट्रपती ट्रम्पले आफ्नो सन् २०१९ को शुरुवातमा नै पाकिस्तानको लागि अमेरिकी सहयोग कटौती गरिदिए । बिभिन्न बिष्लेषणहरुमा अमेरिकाले पाकिस्तानी सैनिकमा आफ्नो अनुपस्थितीको आभाष गराउन यसो गराएको पनि टीकाटीप्पणीमा आए । तर यर्थाथ त के रहेछ भनें पाकिस्तानले यसअघि नै आफ्नो दातृ राष्ट्रको विकल्प चुनिसकेको थियो । जनवरी महिनाकै तेश्रो सातामा पाकिस्तानी हवाईसेनाको स्तरउन्नतीका लागि भवन, जेटहरुको बिकास र परिमार्जनका लागि पाकिस्तानले चीनसंग गोप्य प्रस्तावना दिएर कार्य गरेको अलजजिराले लेखेको छ ।
चीनको बेल्ट र रोड इनीसिएटीभको एउटा पाटोको स्वरुपमा पाकिस्तानसंग सैन्य गठबन्धनको सहकार्य गरेको उतिबेलै यस गठबन्धनलाई निकट रुपमा हेरेको न्यूयोर्क टाइम्सले लेखेको थियो । बिआरआई अन्तर्गत चीनले एक ट्रिलीयन डलर बिभिन्न ७० देशहरुमा लगानी गर्ने योजना रहेको पाइन्छ यद्धपी यि लगानीका स्वरुपहरु फरक फरक हुन सक्छ । चीनीँया पक्षले बिआरआई लाई शुद्धरुपमा अर्थतन्त्र बढोत्तरीको वैदेशिक परियोजना रहेको बताँउदै आएका छन् । तथापी पाकिस्तानसंगको समबन्धमा चीनको बिआरआई अर्थतन्त्रबाट सैन्य सहयोगमा पुगेको प्रष्ट देखिन्छ ।
बिआरआईको शुरुवाती दिनहरु सन् २०१३ बाटै पाकिस्तानलाई चीनले बिभिन्न सहयोग र समर्थन गरेको देखिन्छ । चीन पाकिस्तान ईकोनोमीक कोरिडर अन्तर्गत चीन र पाकिस्तान समबन्ध बढोत्तरीमा चीनले उतिबेलै पाकिस्तानलाई ६२ बिलियन अमेरिकी डलर दिएको देखिन्छ । अमेरिकी पक्षलाई चीन पाकिस्तानको यो समबन्धको गहिराईले निकै रुष्ट बनाएको देखिन्छ, केहि पाकिस्तानी अधिकारीहरु नै चीनसंगको सहयोग लाई लिएर अहिले पाकिस्तानको सार्वभौमिक्तामाथि नै प्रश्न गर्न थालेको पनि अलजजिराले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली