
काे हुन् ती बालिका जहाँ प्रधानमन्त्रीले गाडी रोक्न लगाएर हजार झिकेर दिए !!
२३ फाल्गुन २०७५, बिहीबार १३:०४
गएको मंगलबार झापाको सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे ।
आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको पिच सडकमा मोटरको लस्कर दौडिरहेको थियो ।
करिब दुई किलोमिटर गएपछि लस्करको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको मोटर एक्कासी रोकियो । त्यो मोटर रोकिएपछि पछाडिका करिब २३ वटा मोटर सबै आआफ्ना ठाउँमा रोकिए ।
झण्डावाल मोटरको झ्यालको सिसा खुल्यो । सडक किनारमा नातिनीलाई लिएर उभिइरहेका हजुरबालाई झ्यालभित्रबाट भनियो– ‘नातिनीलाई यता ल्याउनुस् त !’
झ्याल खुलेको मोटर वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए ।
र, झ्यालभित्र थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्रीलाई देखेर अनि आफ्नी नातिनीलाई बोलाएको देखेर हजुरबा छक्कै परे । एकछिन त विश्वाश नै गर्न सकेनन्, अक्क न वक्क परे ।
प्रधानमन्त्री ओलीले दोहोर्याएर भने– ‘नातिनीलाई यता ल्याउनुस् त !’
हजुरबा गोपाल खतिवडाले नातिनीलाई मोटरमा लगे । २८ महिनाकी पुष्पालाई ओलीले बोक्न खोजे । तर, सुरक्षाकर्मीले घेरिएका नौलो मानिसलाई देखेर पुष्पा रुन थालिन् ।
त्यसपछि प्रधानमन्त्री ओलीले एक हजार रुपैयाँको नोट झिकेर पुष्पालाई दिए । अनि चाहिँ पुष्पा खुसी भइन् । थपक्क नोट समाइन् र मुसुक्क हासिन् ।
ओलीले पुष्पालाई नमस्कार गरे । पुष्पाले पनि वालसुलभ तरिकाले नमस्कार फर्काइन् ।
ओलीले बाइबाई गरे । पुष्पाले पनि बाइबाइ गरिन् ।
त्यसपछि प्रधानमन्त्रीको मोटर अघि बढ्यो । हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउँदै आँखाले भ्याउन्जेलसम्म मोटरको लस्कर हेरिहिन् ।
प्रधानमन्त्री गएपछि हजुरबा र नातिनीको वरिपरी गाउँले भेला भए ।
‘प्रधानमन्त्रीले नातिनीलाई दिएको पैसा केमा खर्च गर्नुहुन्छ ?’ गाउँमै उपस्थित सनराइज खबर संवाददाताले खतिवडालाई सोध्यो ।
खतिवडाले भने– ‘खै के गरौं हजुर ? पढाइमा लाइदिउँ कि बाख्राको पाठो किन्दिउँ ? म सोच्दैछु ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै