Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

सीतारामको प्रेमकथा

१२ पुष २०७५, बिहीबार १२:५०

बाल्मीकि रामायणको अध्ययन पश्चात म निष्कर्षमा पुगें, यो हो नि त प्रेम भनेको । सीतारामको कथालाई बिवाहसंग हैन प्रेमसंग बढि जोडेर हेरिन जरुरी छ । रामायणको तुल्सीदास अनि बाल्मीकि दुबैको पुस्तकहरु पाइन्छ, तुल्सीदासको रामायणलाई धेरैसम्म बिचारप्रधान लेखनका रुपमा लिइन्छ भने बाल्मीकिको रामायण लेखनलाई यर्थाथ चित्रणका रुपमा लिइएको छ । हजारौं बर्षअघिका यि प्रसंगलाई यिनै  पुस्तकहरु ले नै त हामीमाझ जिवीत राखेका छन नि हैन त ?

लेखकः सुयोग ढकाल

जनकपुरधामको बगैंचामा अयोध्याबाट घुम्न पुगेका राम अनि मिथिला राज्य कि राजकुमारी सीताको बिवाहका प्रसंग र कारणहरुलाई धनुर्विद्या केवल संयोगका रुपमा सनातन धर्म अनुयायीहरुले लिनु भ्रम या अर्धसत्य मात्र हो । राम र सीताबिचमा प्रथम देखादेख बगैंचामा भएको बताइन्छ अनि आजभोलीका चलचित्रमा झैं लभ एट फस्र्ट साइट झैं यि दुई सुकुमार प्रेमीहरु प्रेमसमबन्धमा परिसकेको भनक बाल्मीकि रामायणले दिन्छ ।  बिवाह त केवल प्रेमको पुरक मात्र हो, सीताराम कथामा ।

हजारौं वर्ष अघिदेखि नै हाम्रो समाजले प्रेमका बारेमा अध्ययन गरेको छैन्, अन्वेषण गरेको छैन् । प्रेमलाई पर्दामा राखेर सर्मपणलाई उजागर गरेको ईतिहासले सीतारामको प्रेम कथालाई न्याय गर्न नसकेकै हो । प्रेम भन्दा पनि वैवाहिक जोडीका रुपमा राम अनि सीतालाई उदाहारण दिइन्छ, यस प्रेमलाई आज मैले जानेसम्म उजागर गर्नेछु भन्ने जर्मको छ ।

थाईल्याण्डको फायाप विश्वबिद्यालयका अन्तरधार्मिक परिषदका सदस्य गुरुहरुले अन्तरधार्मिक भेटघाट कार्यक्रममा नेपालबाट मलाई बोलाइयो । सन् २०१५ को कुरा हो, भारतीय कृष्णभक्त गुरुसंग मेरो सीतारामको प्रेम बिषयमा अबेरसम्म वार्ता भयो । उनको तर्क अड्कियो, यदि राम प्रेमी हुन र सीतासँग उनको मायाको गुणमा दोष आएको थिएन भने किन गर्भवती सीतालाई एकजना प्रजाको अप्रत्यक्ष दोषारोपणका आधारमा जगंल पठाए भन्ने बिन्दुमा ।

मैले आफ्नो तर्क राखें, शायद उनले बुझे होलान् भन्ने अपेक्षा अझै छ । प्रेमको विम्बलाई बलिदानको आधारमा शुद्ध पार्ने जर्मकोका रुपमा बुझाउने प्रयास मेरो सधैं रहेको छ । श्रीराम माता सीतासंग यति चोखो प्रेम गर्दथे कि त्यस प्रेमको आक्षेप मेटाउन प्रेमीकालाई समेत जगंल पठाउन उनि तैयार भए । अहिलेको सांसाररिक परिवेशमा यस प्रेमको गहिराई बुझ्न गाह्रो छ किनभने अहिले धेरै धारणाहरु मिलन, आशक्ति अनि नाफाघाटाको तराजुमा राखेर मात्र तौलिइन्छ । त्यस जोखाईमाथी सीतारामको पिरतीले अझै पनि उत्सर्ग प्राप्त गरेको छ ।

अनि अर्कोतर्फ सीताले पनि रामसँग यति चोखो पिरती गरेकी छिन कि रामका हरेक वचनलाई बिना कुनै संकोच उनी पालना गर्दछिन् । रामको एकबचन लाई शिरोधार्य गरेर जङ्गल पस्नसक्ने गर्भवती सीता र राम बीचको प्रेम अनि मर्यादाले निम्त्याएको बिछोडलाई संसारले बुझेर आत्मसाथ गर्न जरुरी छ । प्रेमको अन्त्य मिलन मात्र नभई बिछोड या बलिदान पनि हो, बुझ्न जरुरी छ । हरेक वर्षको विवाहपञ्चमीले पनि हामीलाई यही कुरा सम्झाएर जाने गर्दछ । रामायण पढ्ने हरेक पाठकले अन्त्यमा आएर आखिर किन भनेर थकथक मान्ने गर्दछन् । आखिर किन ? सीता छुट्टिनुपर्यो सबैको एउटै प्राय: प्रश्न छ । तर सीता मात्र ति एक चरित्र हुन जसले रामायण वरिपरि कहिँकतै रामको निर्णयबिरुद्ध या असहमतीमा प्रश्न या दुबिधा उठाउँदिनन् ।

उनको यो भाव, सम्मान अनि सहमती के प्रेम हैन ? रामले सीतालाई जगंलमा पठाए किनभने त्यो सीता गएकी हैनन बरु रामको आफ्नै अशं पनि उनीसंगै गएको हो, पीडा दुबैतर्फ नै हुन्छ नि मायामा । दशरथ राजाले छोरालाई वनवास जाउ भनेर आदेश दिंदा पनि बुहारी सीता बिना कुनै प्रश्न जगंल गइन्, रामको मर्यादा र निर्णयलाई सीताले सदैव आत्मसाथ र सम्मान गरेको पाइन्छ ।

कहिँकतै नारीवादी कोणवाट भने सीतालाई निरिह पनि नपाइएको हैन तथापि रामले सीतालाई गरेको सम्मान, स्नेह अनि सम्बोधनले घरिघरि माता सीता श्रीरामको हृदयमा भएको बिराजवासको याद दिलाँउछ । न त राम न त सीता ? दुबैको मनमा अर्को नारी या पुरुषको धारणा आएको छैन् । यो केवल प्रेममा मात्र हुन्छ । सीताराम बिवाह त केवल प्रेमको पुरक मात्र हो, यि जोडी प्रेमको प्रभुत्व श्रेणीमा पर्दछन् ।

सीताको अग्निपरीक्षाका खण्डहरु अर्थात् रामायणको उत्तराखण्ड पछि आएर श्रुती अनि स्मृतीका आधारमा जोडिएका तर्क पनि छन् । श्रुती भनेको सुनेका आधारमा र स्मृती भनेको सम्झनाका आधारमा । यी कुराहरु अन्य खण्डहरु झैं यर्थाथ नहुन पनि सक्छन् र भएमा पनि केही थपघट भएको पनि हुन सक्छ ।एउटा कुरा भने अकाट्य छ, सीताको पतिव्रताको आधार मापनका निमित्त रामले गरेको बलिदानले गर्दा हजारौं वर्षपछि पनि ठूलो असर छ । अहिलेसम्म पनि एक नारी र एक पुरुषको प्रेम सम्बन्धका अनेकौं वैधानिक आधार स्थापित गराएको छ भने सामाजिक अनुशासन र समर्पणको पर्याय बनि स्थापित छ ।

पतिव्रता र पत्नीव्रता दुबैतर्फ को यो बफादारिता पनि सीतारामको प्रेमले संसारलाई सिकाएको हो, सीताराम अमर रहून् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि

सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ

हिन्दू पञ्चाङ अनुसार कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ । भाइटीकालाई भैया दूज, यम

गोवर्धन पूजाको नियमानुसार पूजा गर्नु शुभ मानिन्छ । यो कार्तिक मास, शुक्ल पक्षको प्रतिपदाका दिन मनाइन्छ । यसमा गिरिराज भगवानलाई