
बर्लिन पर्यटन मेलामा बर्दिया पुरस्कृत
२३ फाल्गुन २०७५, बिहीबार १८:१७
बर्दिया राष्ट्रिय निकुञ्जले विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा सय दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कृत भएको छ । मेला कै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भब्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । डा. अल्बर्ट सल्मान प्रमुख रहनु भएको यस सय दीगो पर्यटन गन्तब्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।
यस पुरस्कार सँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैमा गौरवको कुरा हो । नेपालले विशेषत दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्यब्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी श्री दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गर्नुभएको थियो । उक्त सम्मान समारोहमा बोल्दै श्री जोशीले बर्दिया विशिष्ट दीगो गन्तब्य भएको बताए र सहकार्य गर्ने सबै संस्था विशेषत डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दिया लगायत स्थानियहरुलाई धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,