Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार
suyog dhakal

भारतमा बिहे गरेर गएका नेपाली चेलीले भारतीय नागरीकता पाँउछन् ?

२४ फाल्गुन २०७५, शुक्रबार १३:०४

लोकप्रिय

अगिंकृत नागरीकता सहजै पाइने केहि देशहरुमध्य नेपाल पनि पर्दछ । प्रक्रिया पूर्याएर अनि दस्तावेज मिलाएर गएको खण्डमा नेपाली संयन्त्रमा २४ घण्टा भित्र अगिंकृत नागरीकता पाइन्छ, यसअर्थमा नेपालमा बिहे भएर आएका भारतीय चेलीहरुले सहजै नेपाली नागरीकता पाउने प्रावधान छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रथम औपचारीक नेपाल भ्रमणका समयमा संसदमा गतिलो रुपमा नेपाली भाषा र मित्रताका कुराहरु घन्किँदा एउटा बक्तव्यले निकै चर्चा पायो, त्यो थियो रोटी बेटीको समबन्ध । पानी और जवानी पहाडो मै नहि रहेती भन्दै भारतीय प्रमले रोटी बेटीको समबन्धका धेरै बिम्ब प्रयोग गरेका हुन् । तर के साँच्चै हामीले भारत पठाएका नेपाली चेलीहरुलाई भारतले बेटी या बहुका रुपमा कानुनसम्बत स्वागत गर्न सकेको छ त?

यहि गत कार्तिक २५ मा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एउटा टिभीसंगको अन्र्तवार्तामा नेपाली चेलीहरुले भारतमा नागरीकता नपाएको विषयमा कुरा उठान गरेको पाइन्छ तथापी सरकारी संयन्त्र यस विषयमा अझै मौन छ । महोत्री भंगहाकी पिंकु शाहलाई भारतको मोतिहारी जिल्लामा बिवाह गरि पठाएको दशकौं हुँदासम्म पनि भारतीय पक्षले नागरीकता दिन सकेको छैन, पिंकु त केवल प्रतिनिधि पात्र मात्र हुन् । धेरै नेपाली चेलीहरुको भारतमा यस्तो अवस्था छ जसले गर्दा उनीहरु कानुनसम्वत रुपमा बस्न र कानुनी उपचारबाट बन्चीत भइरहेका छन् ।

भारतीय क्षेत्रमा बिवाह गरेर दिएका चेलीहरु माथि ससुरालीपक्षबाट गरिने प्रताडना र त्यसको कानुनी व्यबस्थामा समेत नागरीक्ताको प्रावधानले कठिनाईमा पारेको छ । नेपाल सरकारले यस बिषयमा ठोस कदम र कुटनैतिक पैरवीहरु गर्न जरुरी देखिन्छ, मधेशको यो लुकेको मुद्धाले निकै ठूला घाउहरु सम्म जन्माएको छ । भारत बिवाह गरि दिइएका अधिकांश मधेशका चेलीहरु भारतीय पक्षको नागरीकता प्रावधानले पिडित भएको पाइन्छ । सात वर्ष नागरीकताका लागि कुराई पक्कै पनि सहज कुरा भनें हैन । भारतीय नागरीकसंग बिवाह गरेका बिदेशीलाई भारतीय नागरीकता दिने बिषयमा भारतीय नागरीकता ऐन १९५५ मा विशेष प्रावधान पाइन्छ । यस ऐनको दफा ५ ग मा भारतीय नागरीकसंग बिवाह गरेको व्यक्तिले भारतीय नागरीकता पाउनका लागि निवेदन दिनका लागि मात्र पनि कम्तिमा ५ वर्ष भारत बसेको हुनपर्दछ ।

नेपाली पक्षले यस बिषयमा भारतसंग कुटनैतिक पहल जरुरी देखिन्छ । रोटी रे बेटीको नातामा बेटीलाई बहु बनाएर पठाएपछि ७ वर्ष निवेदन हाल्न मात्र पनि कुर्ने प्रावधान कतिको नेपालमैत्री छ त ? भारतीय पक्षले पनि आत्मसाथ गर्न जरुरी छ ।

-सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा