dr ck rout

यस्ता थिए सिके राउतका विखण्डनकारी ८ नारा


तराइलाइ टुक्र्याएर छुट्टै देश बानाउनु पर्छ भन्ने एजेन्डा सहित बिभिन्न गतिबिधि गर्दै आएका थिए । छुट्टै राज्य चाहिने  माग राखेको कारण पटक पटक जेल सम्म परेका राउत यस पटक भने नेकपामा प्रवेश गर्ने कुरा लगभग पक्का भएको छ । उनलाई मुलधारको राजनितिमा आउनु पुर्व नै उनले बोकेका मागहरु छन भनेर हेर्नु आवस्यक छ ।

यस्ता थिए सिके राउतका विखण्डनकारी ८ नारा

१. मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ ।

२. नेपाली अधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेस प्रशासनको स्थापना गर्ने ।

३. नेपाली सेनालाई मधेशबाट हटाएर मधेसी सेनाको स्थापना गर्ने ।

४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्ने ।

५. नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै कर बन्द गराउने ।

६. मधेसीबाट लिइएको भूमि फिर्ता गराउने ।

७. मधेसमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथि नेपाल सरकारको नियन्त्रण हटाउने ।

८. संयुक्त राष्ट्रसंघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने ।

यो पनि पढ्नुहोस् 


Loading comments...