Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
dr ck rout

प्रधानमन्त्रीको अगाडी भाषण गर्दै यसो भने सीके राउतले

२४ फाल्गुन २०७५, शुक्रबार १४:४४


सरकार र र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमति भएको छ । सहमतिसँगै अब सरकारले राउतलाई लोकतान्त्रिक दलको मान्यता दिएको छ भने सीकेले छुट्टै मधेसको अभियान छाड्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे ।सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने, घाइतेको उपचार सरकारले गर्ने, मृतक एकजनाको परिवारलाई सरकारले उचित क्षतिपूर्ति र रोजगारी दिने लगायत उल्लेख छ।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले केहिबेर मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा उनले भने, ‘हामी बुद्धका सन्तान हौं । हिंसात्मक आन्दोलन गर्न सजिलो छ । आफैं पिटाइ खाएर बस्न चाहिँ गाह्रो हुन्छ । हामीलाई जति दमन गरेपनि हामी हिंसात्मक भएनौं । शान्तिपूर्ण रुपमै अवतरण हुँदैछौं । सबै धन्यवादका पत्र हुनुहुन्छ । साथै उनले यो सहमतिले सरकार र जनता सबैको जित भएको बताए । उनले थपे राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभूतालाई स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेश प्रदान गर्नुुभएको छ । जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जनताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु । हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन ।’

उनले सरकार र आफ्नो संगठनबीच भएको सहमति ऐतिहासिक सहमतीको संज्ञा दिए ।

यो पनि पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,