चिन्नुहोस् १० जना लखपति हरुलाईः अब पालो तपाईँको छ है !


नेपाली टेलिभिजन इतिहासमा नौलो प्रयास थियो ‘को बन्छ करोडपति’ कार्यक्रम । सपना साकार भयो नेपालीहरुकोः आफ्नै आँगनमा आफ्नै भाषामा विश्वप्रसिद्ध टेलिभिजन शोको स्वाद लिइरहेका छन् । झट्ट हेर्दा करोडपति सुन्नेबित्तिकै ‘ओ हो यो त ठूलाबडाको लागि हो’ जस्तो पनि लाग्यो नेपाली दर्शकहरुलाई । तर भारतीय सँस्करणको ‘कौन बनेगा करोडपति’ हेर्दै हुर्केका दर्शहरु जब आफै महानायक राजेश हमालसँग हटसिटमा पुगेः या घर बसेरै आफै लखपति भएको खबर सुने त्यसपछि मात्रै यो मञ्च सबै नेपालीहरुको मञ्च हो भन्ने प्रमाणित भयो ।

 

एसएमएस रजिष्ट्रेसनबाट फास्टेस्ट फिंगर र हट सिटसम्म पुगेकाहरुले मनग्गे रकम जितेर लगेका छन् । आफ्नो ज्ञान र क्षमताको पौरखले रकम जित्ने अनी आफ्नो पृय होस्ट महानायकसँग रमाइलो पनि गरेर जान्छन । टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो ‘गीभ अवे’ रहेको यो कार्यक्रममा छायाँमा परेको एक पक्ष छ ‘घर बसेरै लखपति’ । सबैले टेलीभीजनमा सहभागी हुने मौका पाँउदैनन । पाउने जति सबैले एक करोड नै जित्छन भन्ने पनि छैन । घरमै बसेर हरेक दिन एक जना लखपति हुने अवसर पनि छ भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । तर अहिले सम्म १३ एपिसोड प्रसारण भएकोमा १० एपिसोडमा १० जना लखपतिहरु घोषणा भैसकेका छन् ।

पहिलो बहुप्रतिक्षित एपिसोडमा बुटवलका  विनोद भुसाल लखपति घोषित भए । एसएमएस या फोनबाट सही जवाफ पठाउने कैयौँ सहभागी दर्शकहरु मध्ये कम्प्युटरप्रणालीबाट लखपति छानीएका उनी भाग्यशाली साबित भए । यस्तै दोस्रो एपिसोडमा लखपति हुने अवसर पाइन काठमाण्डौँकी रमा रेग्मि घिमिरेले । के पुरुष के महिला सबै जना को बन्छ करोडपति हेर्छन र भाग्य अजमाउछन्। भाग्यशाली दर्शकले एक एसएमएसले घरमै बसीबसी लखपति बन्न सक्छन । रमा रेग्मी ज्यूको अनुभव त्यस्तै थियो ।

काठमाण्डौँमा मात्र हैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लखपति बन्न दर्शकहरु प्रयाशरत छन् । दाङका मधुसुदन न्यौपानेले आफू लखपति छनौट भएकोमा भरै लागेनः तर जब महानायक हाजेश हमालले सेटमै उनलाई एक लाखको चेक हस्तान्तरण गरे उनलाई सपना विपना नै रहेछ भनेर ढुक्क भए । चौथो एपिसोडमा भने धादिङकी कृति इटानेले एक लाख जितिन ।

 

पाँचौ एपिसोडमा पोखराकी पार्वति पुरी गिरी घर बसेरै लखपति भइन् । उनलाई आफू लखपति भएको खबर आउँदा अत्यन्तै खुशीमात्र भइनन्  आफ्नो भाग्यमा विश्वस्त र को बन्छ करोडपतिप्रति कृतज्ञ पनि भइन् । जोसुकै लखपति भएपनि आफ्ना नियमित दर्शकले रकम जित्दा को बन्छ करोडपति परिवार पनि शन्तुष्ट छ । छैटौँ एपिसोडमा लखपति भएका सर्लाहिका रामप्राद पाण्डे मख्ख छन् ।  उनी को बन्छ करोडपतिका नियमित दर्शक मात्र हैन मोबाइलमा केबीसी नेपाल एपबाट सजिलै एसएमएस र कल गर्ने व्यवस्थाले सहजता थपेको सुनाउँछन् ।


उदयपुरकी पुस्ता मगर हुनकी बर्दीयाका लालबहादुर चौधरी, उनीहरुले एक लाख रकम जितेका मात्र छैनन एउटा उदाहरण प्रस्तुत गरेका छन् । हरेक नेपाली दर्शकलाई ज्ञान, मनोरञ्जन र रकम एकै मञ्चबाट दिने माञ हैन तराई, पहाड, हिमालका नेपालीहरुलाई टेलिभिजनको सेट मार्फत एकताको सुत्रमा बाँधेको छ भन्ने  छन् ।

एपिसोड ९ मा बाराकी सुनिता भण्डारी र १० मा बाग्लुङका मुस्कान आचार्य गर्वसाथ को बन्छ करोडपतिको टेलिभिजन स्क्रिनमा आफ्नो नाम लखपतिको रुपमा गुञ्जायमान गरिसकेका छन् ।  एक लाख रकम मध्यम निम्न वर्गिय नेपालीका लागि ठूलै अभाव र पिडा टार्ने साधन बन्न सक्छ । चाहिँ जनकपुरबाट होस् या जुम्लाबाट होस्ः युवा होस् वा प्रौढ होस् उसले हरेक एपिसोडमा ज्ञान र रमाइलो मात्र हैन एक लाख रकम जित्ने सम्भावना पनि देख्न तालेका छन् । अहिले सम्मका १० जना लखपतिलाई बधाई र उनीहरुले हकले जितेको एक लाख रकम प्रदान गर्न पाउँदा जति खुशी छौँ त्यती नै उत्साही छौँ बाँकी ४२ जना लखपतिहरुलाई शुभकामना दिन पनि । हाम्रा ५२ एपिसोडमै योग्य र नियमित दर्शकले जित्नेछन् भन्ने हाम्रो विश्वास छ । यहाँ पनि लखपति बन्न सक्नुहुन्छः बस एक कल या एक एसएमएसको सहारा लिनुपर्ने हुन्छ ।


टेलिभिजनमै सहभागी भएर रकम जित्ने सौभाग्य थोरैले पाउलान् तर हरेक एपिसोडमा घर बसेरै लखपति बन्ने अवसर हरेक नेपालीसँग छ । घर बसेर लखपति अन्तर्गत साताको तीन दिन चल्ने हरेक एपिसोडमा घर बसेरै दर्शकहरु मध्ये एक जना लखपति बन्न सक्नेछन् । श्री स्टिल्सले प्रायोजन गरेको यो खण्डमा हरेक एपिसोडमा एक प्रश्न सोधिनेछ जसको जवाफ एसएमएस र मोबाइल एपबाट पठाउन सकिनेछ ।

 

नतिजा अर्को साताको त्यहीबारको एपिसोडमा घोषणा हुनेछ । एसएमएस गर्ने अन्तिम मिति त्यही बारको अर्को एपिसोड चल्ने दिनको दिउँसो २ बजेसम्म मात्र हुनेछ । नेपालमा आज सम्मकै ठूलो पुरस्कार राशी घरमै बसेर ५२ एपिसोडमा ५२ लाख रुपैयाँ दर्शकले जित्नेछन् ।

 


Loading comments...