यमनकी एउटी आमाको डायरीबाट


हरेक बिहान उठ्छु अनि प्रथम सोच यो आँउदछ कि कतै मेरो यो अन्तिम दिन त हैन ? सबैकुरा र मान्छेलाई हरेक दिन अन्तिम पटक झैं हेर्ने र भेट्ने गर्दछु, यहाँ जीवनको ठेगान पटक्कै छैन । जो कोही पनि क्रुर युद्धको बमबारुदमा केवल एउटा सख्याँ मात्र भएर माटोमा मिल्न सक्दछन् ।
म ६ वर्षको उमेर बाटै यमनको पश्चिमी तटको शहर होदियामा बस्दै आएकी हुँ । त्यो आजभन्दा २९ वर्ष पुरानो कुरा हो, परिवेश हो । अरबी चमेली फूलको वासना, अरबी परम्परा, सभ्यता, मीठो परिकार र दयावान समाजको मलाई अझै संझना छ । यि सबै कुराहरु अब युद्धले खाइदियो । अहिलेको शहरका गल्लीहरुमा सबैजना एउटा भारी मुटु बोकेर हिँडिरहेका छन्, सबैजनाको आआफ्नै युद्धका वियोग छन् । धेरैले युद्धमा आफ्ना प्यारा मान्छे गुमाए अनि धेरैले आफन्तको उपचारमा खर्च गर्न नसकेकर अकालमै आफ्ना आफन्त गुमाएको वेदना मुटुमा ढाकेर हिँडेका छन् ।

युद्ध र आक्रमण पछि यो शहरमा बाँच्न अति गाह्रो भएको छ तथापी पछिल्ला ६ महिनाहरु हाम्रा लागी नर्क समान नै छ । म विश्वलाई यो कुरा सुनाउन चाहन्छु । आक्रमण, भोकमरी, गरिबी, मृत्यु र छटपटाहटले यो शहरलाई गाँजिसक्यो । शहरको एकमात्र क्रियाशील अस्पतालमा मात्र ६०० जना कुपोषित बालबालीकाहरुको उपचार भइरहेको छ । ओखतीको मुल्य दोब्बर भयो अनि क्यान्सर, मृगौला फेलर लगायतका दिर्घरोगीहरुको सख्याँ बढ्दो र उपचार संभावना न्यून हुँदै गइरहेको छ । इन्टरनेट शुरुशुरुमा त केही घन्टाका लागि जान्थ्यो तर अब केही दिन हुँदै हप्तौंसम्म नेट हुन्न, हामी पुस्तक पढ्ने र टिभी हेर्ने गरेर दिन बिताँउछौं ।

बत्ति नहुँदा अध्याँरोमा फोनमा भएका गीतहरु सुन्ने प्रयास बाहिरका बमका र बिष्फोटका आवाजहरुले बिफल पारिदिन्छ । यहाँ हामी दैनिक आफ्नो जीवनको महत्व र समबन्धहरु पगालीरहेका छौं, न कुनै क्याफे या रेष्टुरेन्ट या इन्टरनेट, बाँकि विश्वसंग यमन निकै दुर भएको छ । यस्तो लाग्छ कि हामी बेग्लै ग्रहमा छौं ।

एक फेर म र मेरा श्रीमान बरु मर्नै पर्ने भए पनि मरौंला भन्दै आँट गरेर समुन्द्र तटसम्म गयौं, उज्यालो र खुल्ला आकाश नदेखेको धेरै भइसकेको थियो । त्यहाँ हामी जस्ता अरु थुप्रै मान्छेहरु उज्यालो र खुल्ला आकाशको खोजिमा पुगेका पायौं, जीन्दगीमा यहाँ धेरै घटन भएपछि एक मुठी आकाशको खोजीमा बरु ज्याननै बाजि राख्न पनि कहिलेकाँही तयार भइने रहेछ । एकदिन छोरा स्कूलबाट आउन ढिला भयो, मेरा मनमा निकै कुराहरु खेल्न थाले । शहरका दैनिक बम र बिष्फोटका घटनाक्रमले मलाई भित्रभित्रै पिरोल्छ, छोरा हरेक दिन स्कूल जाँदा र नआँउदा सम्म मेरो मनमा कलह हुन्छ, तर्कना आँउदछ ।

म अब अरु सन्तान पाउने पक्षमा छैन्, यस निर्मम शहरमा म अरु सन्तानलाई ल्याएर यो अँध्यारो र त्रासको उपहार दिने वाला छैन । मलाई जीवनको अस्तित्व न्याय दिने अवस्थामा नहुन्जेल अब आमा बन्न मन छैन किनकि यहाँ बच्चा या बृद्ध जोसुकैको पनि जीवनको कदर छैन । जीवनमा प्रथमपटक म जोर्डन गएँ, यस शहरलाई छाडेर एक महिनाका लागी । म मानविय अधिकारका विषयमा पत्रकारिता तालिमका लागि त्यहाँ गएकी थिए । हरेक दिन म यमनमा के भयो र मेरो छोरा अनवर कस्तो छ भनेंर रुने गर्दथें । म त्यहाँको तालिम सकिएपछि स्वीडन पुगें त्यहाँ केहि रिपोर्टिगं गर्ने अवसर थियो ।

उक्त तालिममा मैले विश्वभरिका नेताहरुलाई होदियामा कहिले युद्ध सकिन्छ भनेंर सोेधें, जवाफ कसैले दिएनन । केहि दिनपछि म स्वीडनमा हुँदा होदियाको युद्ध विरामका बारे थाहा पाएँ, मेरो खुशीको सिमाना थिएन । मसंग भएका सबै पैसा मैले होदियामा फोन गरेरै सकाएँ, त्यहाँ इन्टरनेट नभएकाले सबैलाई फोन नै गरियो । श्रीमान पून ओखती कम्पनीमा काम गर्न फर्किएको खबर पाँए, मलाई आफ्नो शहर जान हतारो भयो । त्यहाँ पुग्दा कतिपय कुराहरु सामान्य लागे पनि दोहोरा झडपहरु भइनै रहेका थिए, युद्ध भन्दा युद्धका खाटाहरु अझ दुखाई दिने खाले हुँदा रहेछन् । मेरा माइतीका मान्छेहरु पनि केहि वर्षको कष्टकर प्रवास बसाँई पछि शहर फर्किए । दोहोरो झडपका श्रृखलाहरु कम भएनन, मैले सबैलाई यूरोपमा शरण लिन जाने बिचार बताँए किनकि त्यहाँ तुलनात्मक रुपमा सजिलो आप्रवासन हुन सक्दथ्यो ।

म अझै यमनको मेरो शहर होदिया मा नै बस्दछु, हामी यूरोप जान चाहेर पनि सकेनौं या पाएर पनि गएनौ दैब जानोस् । केहि दिनअघि मेडिकल सेन्टरमा मेरो गर्भावस्थाको रिपोर्ट आयो, म गर्भवती छु । मलाई खुशी लाग्नुपर्ने तर दुखी छु किनभनें युद्ध नसकिएको यस अवस्थामा म यो शिशुलाई कस्तो जीवन दिउँ ? घरिघरि आफ्नै पेट छाम्दछु अनि आँफै ग्लानी र विस्मातमा डुब्दछु । अवोध यस शिशुमाथि जन्मनै अगावै म अत्याचार गरिहेकी छु, यस विष्फोट र गोलीको शहरमा कसैको भविष्य छैन ।

यमनी आमा यमनी लेखिका र पत्रकार मनाल क्वेत अस्लवी हुन् ।
अलजजिरामा प्रकाशित उन्को लेखबाट साभार


Loading comments...