Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार
salam khan

सलमान खान काँग्रेसबाट लोकसभा चुनाव लड्दै !

२६ फाल्गुन २०७५, आईतवार १२:५९


जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै सेलिब्रेटीको राजनीति प्रवेशको विषय बाहिर आउने गर्दछ । यस पटक यही चर्चा सलमान खानको बारेमा चलेको हो । केही समय रामानन्द सागरको रामायणमा राम रोल निभाएर लोकप्र‍िय भएका अभिनेता अरुण गोव‍िल कांग्रेसबाट इन्दोरमा चुनाव लड्ने चर्चा चलेको थियो । उनी पछि अहिले भने सलमान खानको चर्चा बाहिर आएको हो ।

बलिउडका नायक सलमान खान काँग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको छ । काँग्रेसले उनलाई टिकट दिने विषय बाहिर सार्वजनिक गरेपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना बढेको हो ।

केही समय पहिले मध्‍य प्रदेशका मुख्‍यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन् । अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ । यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने समेत बताईएको छ ।

सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेता हुन् । सोही कारण सलमानलाई सो इन्दोरमा उठाउन सकेमा सुमित्राको अराजित यात्रामाथि धावा बोल्न सक्ने अपेक्षा देखिन्छ । सलमान खानको पैत्रिक घर पनि इन्दोर नै रहेकोले पनि उनी सो क्षेत्रबाट उठ्न सक्ने सम्भावनाबारे पनि चर्चा भईरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन