
मिथिला परिक्रमाको आज पाँचौं दिन, श्रद्धालुहरु जलेश्वर पुग्दै
२६ फाल्गुन २०७५, आईतवार १३:१३
मिथिलाको महाकुम्भ माध्यमिकी परिक्रमा ५औं दिन आज किशोरी जि र मिथिलाबिहारीको डोला सहित साधु सन्त, महन्त सहितको श्रद्धालु र परिक्रमाबासीहरु महोत्तरी जिल्लाको जलेश्वर पुग्दैछन । त्रेता युगमा राजा जनक द्वारा स्थापना गरिएको जलमा बिराजमान जलेश्वरनाथको पुजा आराधना गरि आज विश्राम गर्छन ।
यो पनि पढ्नुहोस् : मिथिला परिक्रमा , जिवीत त्रेतायूग
यी परिक्रमा मध्ये बृहत परिक्रमा चाँही वास्तवमै बृहत छ, यस परिक्रमाले समग्र मिथिला प्रदेशको परिक्रमा गर्दछ र लगभग २६८ किमी लामो हुन्छ । कौशी नदिको किनारबाट यस परिक्रमा सुरु हुन्छ, त्यसपछि सिंहेश्वरस्थानमा पुग्दछ जुन भारतको सहर्सा जिल्लामा पर्दछ । त्यसपश्चात सिमरिया घाट हुँदै पर्वतश्रेणी अनि पुन आएर सिंहेश्वरस्थानमा यस परिक्रमा विसर्जन गरिन्छ ।
बृहत परिक्रमामा भाग लिन नसकेकाहरुका लागि मिथिला महात्मा परिक्रमा हुने गर्दछ । यसलाई मध्यम परिक्रमा पनि भनिन्छ । यस परिक्रमा लगभग ४० कोश अर्थात् १२८ किमी जति हुन्छ । सक्नेहरुले ५ दिनसम्म पनि यस परिक्रमा सकाएका कथाहरु छन् तथापि सबैको ल्याकत र शक्तिलाई ध्यानमा राखेर अहिले १५ दिनको परिक्रमा बनाइएको पाइन्छ । फाल्गुन औंशीमा सुरु हुने यस परिक्रमा पूर्णिमाको दिन समापन हुन्छ । जनकपुर नगरी आसपासका ठाउँहरुमा यस परिक्रमा गरिन्छ र यस परिक्रमालाई अन्तगृह परिक्रमा पनि भनिन्छ । १५ दिनको परिक्रमामा भक्तजनको वासका लागि १५ वटा पावन ठाँउहरु निर्धारण गरिएको हुन्छ र यिनै ठाँउमा तोकिएका दिन भक्तालुहरु वास बस्न पुग्दछन् ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला