Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

शरीरको दुर्गन्ध हटाउने यस्ता छन् घरेलु उपाय

२६ फाल्गुन २०७५, आईतवार २०:२०


अब गर्मि महिना सुरु हुदै छ, गर्मियाममा मानिसको शरिरवाट पसिना आउनु स्वभाबिक प्रक्रिया हो । पसिना आउने समस्या प्रायः सबैलाई हुन्छ । जसको कारण काखी र खुट्टा गन्हाउने समस्याले सताइरहेको हुन्छ । यस समस्याले धेरै ठाउँमा तपाईलाई लज्जित बन्नु परेको हुनसक्छ ।

दैनिक नुहाई धुवाई गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ । सामान्यरुपमा आउने पसिनाले शरीरमा छाड्ने दुर्गन्ध हटाउन अत्तर अर्थात् पफ्र्युम लगाउदा पनि दुर्गन्ध हटाउन सकिरहेको हुँदैन ।

१. पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्ने ।
२. नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाएर नुहाउने ।
३. बेसनलाई दही मिसाएर बनेको पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउने र १० मिनेटपछि त्यसलाई पखाल्ने ।
४. कागति काटेर काखीमुनी दल्ने ।
५. निमको पातलाई पानीमा उमालेर पानीलाई छान्ने र त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउने ।
६. नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्ने ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान