स्वस्थ मुटुका ५ रहस्यहरु


हुन त दैनिक व्यायाम र सन्तुलित भोजनले हाम्रो मुटुलाई स्वस्थ राख्दछ भन्ने कुरा हामीले धेरै सञ्चार माध्यमहरु अनि श्रोतबाट चाल पाएका छौं, हैन र रु तथापि आज हामी व्यवहारगत पक्षमा मुटु स्वास्थ का पक्षहरु उजागर गर्दै छौं । आउनुहोस यो छोटो ५ मिनट को लेख सँगै जीवनको दिर्धायूपना बढाउन जीवनशैलीमा यि कुराहरु लागु गर्ने प्रयास गरौं ।

१ स्वस्थ बोसो अर्थात फ्याट सेवन गरौं, ट्रान्स फ्याट सेवन नगरौं
फ्याट अर्थात बोसो आँफैंमा खराब कुरा हैन है । हामीलाई अघुलनशिल, घुलशिल र अर्ध घुलशिल फ्याटहरु सबै चाहिन्छ । तर ट्रान्स फ्याट भनें हाम्रो मुटुका लाग अत्यन्त हानीकारक छ । ट्रान्स फ्याट ले हाम्रो धमनीहरुमा जमेर रक्तसञ्चारमा अवरोध पूरयाउने, कोलेस्टेरोल बढाउने गर्दछ ।

ट्रान्स फ्याट कृत्रिम बोसो हो जुन कारखानामा हाइड्रोजनलाई तरल बनस्पती घ्यूसँग मिसाएर कडा बनाएर तयार गरिन्छ । डाल्डा घ्यूहरु, प्याकेटका चीप्सहरु, चाउचाउ लगायत बिभिन्न चिल्ला प्याकेटका खानेकुराहरु मा ट्रान्स फ्याट पाइन्छ । हामी त रोएका बच्चाहरु लाई फकाउन पनि यस्ता कुराहरु उपहार दिने गर्दछौं, स्वास्थ संग कति खेलिरहेका छौं हामी, बिचार गरौं । खानेकुराहरु खाँदा कत्तिको प्याकेटमा बनाएका तत्वहरु हेरेर खाने गरेको छौं, ट्रान्स फ्याट त नखाएकै बेस् । बनस्पती घयू लगायतका पदार्थ हालेर बनाएका कुराहरु पनि न्यूनतम सेवन गरौं, मुटु जरुरी छ हैन र रु

२ मुख अनि दाँतको दैनिक सरसफाई गर्ने गरौं
दाँतको गिजावाट रगत आउने मान्छेहरु हृदय रोगको जोखिममा बढि हुन्छन्, स्मरण गरौं । मुखमा र दाँतमा घाउ गराउने हानीकारक व्याकटेरियाहरु मुटुका लागि र रक्तसञ्चारका लागि पनि हानीकारक छन् ।

३ प्रशस्त सुत्ने गरौं
कामको चापले राती नसुती काम गर्ने जाग्रामीहरु हामी धेरै छौं तर सुस्तरि यो बानीले हामीलाई मुटु रोग को जोखिमसंग नजिक लगिरहेको हुन्छ । ४५ बर्षभन्दा कम उमेरका ३०० जना वयस्क व्यक्तिलाई लिएर एउटा सर्भेक्षण गर्दा दैनिक ४ घण्टा भन्दा कम सुत्ने हरु अन्यहरुको तुलनामा दुईगुणा मुटु रोग को जोखिम बढि रहेको पाइयो । थोरै सुत्नेहरुलाई ग्याष्ट्रिक, रक्तचाप लगायत अन्य थुप्रै समस्याहरु अनि मुटु रोगको पनि जोखिम लगभग शतप्रतिशत रहने गर्दछ ।
दैनिक ७ देखि ८ घण्टा सुत्ने बानी गरौं ।

४ एकै ठाँउमा धेरै बेर बसिरहन हुँदैन
कमप्यूटरको बढ्दो प्रयोग अनि मोबाइलको प्रभावकारीता संगसगै मान्छेहरुले ग्याजेटको स्क्रिनवाट संसार नियाल्ने चलन बढेको छ । एकै ठाँउमा बसेर कार्य गर्ने चलन बढेको छ, कुर्सि अनि टेवलमा संसार अटाएपछि हिँडडुल त कम हुनै नै भयो नि ।
एकै ठाँउमा बसिररहने बानी मुटु रोगको दुष्टिले जोखिमपूर्ण छ, स्म्रण रहोस् ।
यसरी बसेर कार्य गर्ने मान्छेहरुमा शारीरीक अभ्यास को कमी अनि तनावको बृद्धि धेरै हुन्छ, एउटा अध्यन अनुसार यस्ता व्यक्तिहरु मुटु रोगका हिसाबले अरुभन्दा करिब १४७ प्रतिशत बढि जोखिममा हुन्छन् ।

५ धुम्रपान सेवन नगरौं र अझ सेकेन्ड ह्याण्ड धुम्रपान नगरौं
धुम्रपान गर्ने मान्छेहरुको संसर्गमा धुवाँहरुका बीच बस्ने धुम्रपान नगर्ने मान्छे झन जोखिममा हुन्छ । यस्ता व्यक्तिहरुलाई कोलेस्टेरोल अनि मुटु रोगको अझ बढि संभावना हुन्छ । सार्वजनिक स्थानमा नेपालको काुननले धुम्रपान माथि रोक त लगायो तर कानुन कागजमै सिमीत छ । हामी नेपालीहरुमा चुरोट पनि साटेर सेवन गर्ने चलन छ, यो झन नराम्रो हो । मुटु रोग बाट बच्न सकेसम्म धुम्रपान नगरौं र सेकेण्ड हयाण्ड धुम्रपान बाट पनि जोगिऔं ।

शारीरीक रुपमा सक्रिय अनि सकारात्मक शैलीको जीवन अपनाऔं ।


Loading comments...