Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

बिट कोईन जस्ता क्रीप्टोकरेन्सी , के र कसरी हुन्छ प्रयोग ?

२७ फाल्गुन २०७५, सोमबार ०९:३०


गएका शताब्दीहरुमा अर्थतन्त्रले भौतिक रुपमा छुन मिल्ने, अनुहार भएका कागज अनि धातुका मुद्राहरु देखेको छ । सुस्तरि डिजिटल प्रविधीको शुरुवात संगै भर्चुअल मुद्राहरुको अवधारण र केही प्रयोग शुरु भएको हो । क्रिप्टोकरेन्सी पनि यस्तै भर्चुअल मुद्राका स्वरुपहरु हुन् । भर्खरै नेपालमा यस्ता करेन्सीहरु रोक लगाएको कुराहरु आएका छन्, आउनुहोस् जानौं यस्ता करेन्सीहरु का बारेमा ।क्रिप्टोग्राफी बाट क्रिप्टोकरेन्सी हुन गएको हो, क्रिप्टोग्राफी भनेंको भौतिक जानकारीहरु लाई अरुले थाहा नपाउने गरि डिजिटल फर्ममा क्रयाक गर्न नमिल्ने गरि राख्ने तवर हो । यसरी डिजिटल रुपमा यस्ता करेन्सीहरु को विनिमय र हस्तान्तरण हेरिने र नियन्त्रण गरिने हुन्छ ।

क्रिप्टोग्राफी दोश्रो बिश्वयुद्ध ताका सैनिकहरु को सञ्चार गर्न, युद्धपोतहरु बिच कुराकानी गराउन अकं लगायत अरुले नबुझिने पालसी भाषा मार्फत जानकारी आवतजावत गराउन गरिएको प्रविधी हो । सुस्तरि क्रिप्टोग्राफी ले गणीत र सञ्चारको अदभूत नवप्रवर्तन ल्याउन सफल भयो, सञ्चारको डिजीटल एराको शुरुवात नै यही क्रिप्टोग्राफी बाट भएको भन्दा फरक नपर्ला । शरुमा कागजमा मुद्रा, अनि बैंकका चेक लगायत एटीम, डेबिड अनि क्रेडिट कार्ड लगायत अनलाईन पेमेन्ट सम्म आएको अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी नौलौ स्वरुप हो ।
नेपालमा मात्र नभई बिकसीत बिभिन्न देशरुमै पनि यो अवधारण नौलो रुपमा हेरिएको छ, कत्ति देशको साईबर कानुन ले सोच्दै नसोचेको परिवेशसम्म क्रिप्टोकरेन्सीको परिवृत फैलिएको छ ।

बिश्वको प्रथम क्रिप्टोकरेन्सी चाँही सन् २००९ बाट शुरु भएको बिटकोइन हो । अहिले सरर गुगल मा हेर्ने मात्रै हो भनें पनि करिब ९०० हाराहारीमा क्रिप्टोकरेन्सी हरु पाइन्छ ।

क्रिप्टोकरेन्सी हरुले कसरी काम गर्दछ  ?

बैकंमा नाम र विवरणहरु प्रयोग नगरि सरल र बिश्वसनिय हिसाबले पैसा राख्न र कारोवार गर्न यस्ता मुद्राहरु बनाइएको हो । बहुवितरणीय सार्वजनिक लेजरका रुपमा व्लकचेन लाई प्रयोग गरिन्छ । यो प्रविधी अत्यन्त बिकेन्द्रीत हुन्छ र यस्ता व्लकचेनमा कारोवारी आँफैले कारोवारका विवरणहरु रेकर्ड गर्दछन् । अचम्मको कुरा त के हो भनें बिश्वको पहिलो क्रिप्टोकरेन्सी बनाउने कम्यूटर जिनियस सातोशी नाकोमोटो को हुन भन्ने कुरा अहिलेसम्म कसैलाई प्रमाणका साथ थाहा छैन् ।

यसरी क्रिप्टोकरेन्सी बाट कारोवार गर्दा सरकार या संयन्त्र कसैलाई कारोवारको बारेमा थाहा हुँदैन जसले गर्दा लागुऔषध कारोवारी लगायत अन्य गैरकानुनी धन्दाका कारोवारीहरु लाई रकम लिनदिन सहज हुने भय रहन्छ ।क्रिप्टोकरेन्सी का एकाईहरु माइनिगं भन्ने प्रक्रियाबाट तैयार गरिन्छ, अत्यन्त जटिल गणीतीय प्रक्रिया र हिसाब बाट तयार गरिने यस्ता करेन्सीलाई स्थानीय स्टोर या दलाल मार्फत खरिद गरेर आफ्नो भर्चुअल खल्तीमा राख्न सकिन्छ ।

यदि क्रिप्टोकरेन्सी को प्रयोग बढेर जाने हो भनें शेयर कारोवार लगायत ब्रण्ड अनि थुप्रै कारोवार हरु यसै मार्फत हुने र अन्ततोगत्वा बैकं लगायतका बित्तिय सस्थाहरु नै बाइपास हुने संभावना पनि छ । यस बिषयमा स्पष्ट संग नबोलेको नेपाली कानुनी परिवेश र अर्थव्यबस्थामा अहिले भनें क्रिप्टोकरेन्सी बन्द गर्ने नियम ल्याइएको छ । नेपालीहरुको पनि मौन रुपमा यस करेन्सीमा लगानी भएको कुरा भनें जगजाहेर नै छ । बैंकमा खाता खोलेपछि मात्र केही रकम लिएर पैसा कारोवार हुने चलन लाई क्रिप्टोकरेन्सी ले बिना खाता र नाम या विवरणको पूर्ण जानकारी बिना नै एउटा अन्जान व्यक्ति या नामले कारोवार गर्न सहज बनाएको छ ।

क्रिप्टोकरेन्सी भर्चुअल्ली सबैका लागि हरदम उपलव्ध छ । यसो भन्दैमा क्रिप्टोकरेन्सी फाईदा जनक नै छ भन्ने छैन्, मानिस बीचको नभई कम्प्यूटर र डिजीटल आधारमा गरिने यो कारोवार उत्तिकै जोखिम पूर्ण छ । भोली आफ्नो लगानी हराएमा कहाँ जाने ? कसलाई भन्ने ?क्रिप्टोकरेन्सी मा यो सुबिधा न्यून छ । स्मरण रहोस् यसअघि पनि बिभिन्न नेकवर्किगं व्यवसाय र मुनाफाको लोभमा नेपालीहरु को धेरै लगानी डुबेको छ । बिश्व मानचित्रमा क्रिप्टोकरेन्सी को बैधानिक र फाईदाजनक प्रयोग हुन शुरु भएमा नेपालमा पनि यसलाई स्वागत गरिन जरुरी छ अन्यथा केहीसमय बुझ्न पर्ने देखिन्छ । रातारात धनी हुने सपनामा भएका सम्पती पनि दाउमा नलगाऔं, क्रिप्टोकरेन्सी नेपालमा बन्देज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै