
चन्द्रागिरीमा इनारमा रिङ हाल्ने क्रममा खसेर एकजनाको ज्यान गयो
काठमाडौंको चन्द्रागिरीमा इनारमा खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझी रहेका छन् । उनको चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा मृत्यु भएको हो । हिजो आइतबार नै भएको उक्त दुर्घटना पछी बिहानको २ बजे सम्म लगातार नेपाल प्रहरी र सशस्त्र द्वारा उद्दार कार्य गर्दा पनि नसकेको कारण आज मात्र सव निकालिदै छ । इनार खन्ने काम जस्तो जोकिम पूर्ण काममा सावधानी नअपनाइएको कारण उक्त घटना भएको स्थानीयको भनाइ छ ।
यस घटनाबारे प्रहरीले थप जानकारी दिएको छैन । वर्षेनी इनास सफा गर्ने क्रममा पनि मानिसहरुको ज्यान जाने गरेको छ । तर यस्ता घटना नियन्त्रण गर्ने कार्य भएका देखिँदैन ।