Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

के छन् बिहान-बिहान भिजाएको काँचो चना खानुको फाइदा

२७ फाल्गुन २०७५, सोमबार १६:३२

लोकप्रिय

शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमा चना पनि एक प्रमुख हो । नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ । चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान सकिन्छ । चनालाई काँचो रुपमा खाँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आउनुहोस् आज नियमित चना खानाले शरिरमा पुग्ने फाइदाहरु वारेमा जानी राखौँ ।

–  चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।

– रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

– चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

– चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।

– एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान