चीनले अमेरिकी जहाजलाई ग्राउण्डेड गर्दै, यस्तो छ बोइगं ७३७ म्याक्सको कथा


ईथोपियन एयरलाइन्सको बोईगं ७३७ म्याक्स ८ आइतबार दुर्घटनाग्रस्त हुँदा एकजना नेपाली सहित १५७ जनाको मृत्यू भएको खबरसंगै अब विश्वको उड्ययनमा एउटा नौलो घटना भएको छ ।

यस म्याक्स ८ को दुर्घटनासंगै चीन सरकारले आफ्ना एयरलाइन्सहरुलाई म्याक्स ८ जहाज ग्राउण्डेड गर्न ठाडो आदेश दिएको छ । आइतबार दुर्घटनाग्रस्त भएको विमानको खबर पाएको भोलीपल्टैबाट चीनले आफ्ना सम्पूर्ण एयरलान्सहरुलाई म्याक्स ८ जहाज सोमबार सबेरै ६ बजेसम्म ग्राउण्डेड गर्ने निर्देशन दिएको हो ।

बोईगं प्लेनको म्याक्स ८ मोडलको इण्डोनेशीयामा लाइन्स एयरको यस्तै गरि गतवर्ष दुर्घटना भएको हो र इथोपियन जहाजमा पनि प्राविधिक गडबडि देखिएको बताइन्छ । ईथोयिन एयरलाइन्स उड्दा मौसम अत्यन्त सफा रहेको र कुनै समस्या नदेखिएको हुँदाहुँदै पनि उडेको केहि समयमा नै जहाजमा समस्या देखेर एयरपोर्ट फर्काएको भएतापनि उक्त जहाजले एयरपोर्टसम्म पुग्न नपाएको प्रारम्भिक अनुसन्धान छ । इण्डोनेशीया र इथोपियाका यि दुबै जहाजहरु उडेको केहि समयमा नै झरेका हुन्, के यो केवल संयोग हो त भनेंर हफिगंटन पोष्ट लेख्दछ । यस म्याक्स ८ मोडलका प्लेनहरुमा निर्माण गर्दा देखि नै केहि बिशेष प्राविधिक त्रुटि रहेको र चीनले उड्ययन सुरक्षामा कदै संझौता नगर्ने भन्दै अमेरिकामा निर्मित बोइगंका सम्पूर्ण म्याक्स ८ जहाजहरु ग्राउण्डेड गरिदिएको छ । उता केम्यान एयरवेजले पनि म्याक्स ८ मोडलका जहाजहरु ग्राउण्डेड गर्दैगरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् : इथियोपियन विमान दुर्घटनामा एक नेपालीको मृत्यु

यूरोपियन एयरबस कम्पनीलाई प्रतिस्पर्धाबाट उछिन्न अमेरिकी शिकागोमा आधारित बोइगं कम्पनीले आफ्नो लोकप्रीय मोडल बोइगं ७३७ को म्याक्स ८ मोडल बजारमा उतारेको हो तर यसको शुरुवाती दिनदेखि नै निकै समस्या र त्रुटि अनि दुर्घटनाका खबरहरु बढ्दा छन् ।
के अब विरशवभरिका एयरलाइन्सले म्याक्स ८ ग्राउण्डेड गर्दैछन अनि सामान्य यात्रुहरु अब ढुक्क भएर म्याक्स ८ मोडल चढ्न सक्नेछन् या सक्दैनन ?
यस इथोपियन एयरलाइन्सको दुर्घटना अनुसन्धान र लाइन्स एयरको अनुसन्धान रिपोर्टको जाँच र विष्लेषणले बताउनेछ ।

लाइभमाण्डु


Loading comments...