
विवेकशील नेपालीको प्रवास समन्वय समिति गठन, अध्यक्षमा सञ्जय रिमाल
२७ फाल्गुन २०७५, सोमबार १७:०१
पुनर्गठनको क्रममा रहेको विवेकशील नेपाली दलले आफ्नो दलीय संरचना विस्तार गर्ने क्रममा, तदर्थ अन्तरास्ट्रिय समन्वय समितिको गठन गरेको छ । फागुन २५ गते अन्तर्रास्ट्रिय बैठक बसेर २१ सदस्यिय तदर्थ अन्तर्राष्ट्रिय समिति गठन भएको छ । समितिको अध्यक्षमा सञ्जय रिमाल नियुक्त भएका छन् ।
यही फागुन २५ गते सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्दै अन्तर्राष्ट्रिय सदस्यहरूको बैठकबाट सञ्जय रिमालको नेतृत्वमा २१ सदस्यीय तदर्थ अन्तर्राष्ट्रिय (प्रवास) समिति गठन भएको छ। उक्त ‘अनलाइन’ भेलामा कतार, अमेरिका, ओमान, जर्मनी, साउदी अरेबिया, जापान, न्युजिल्याण्ड, कुवेत, अस्ट्रेलिया, दक्षिण कोरिया, भारत लगायत १३ देशहरूबाट सदस्यहरूको सहभागिता रहेको थियो।
उक्त भेलाले सुरेश भट्टलाई उपाध्यक्षमा, सुवास बस्नेतलाई कोषाध्यक्षमा अनि जीवन कार्कीलाई सचिवमा नियुक्त गर्दै चेतनाथ निरौला (साउदी अरेबिया), रविन गुरुङ (साउदी अरेबिया), शुमिका बज्राचार्य (ओमान), निता दाहाल गजुरेल (कतार), लक्ष्मी ओली (अमेरिका), विश्व महर्जन (दक्षिण कोरिया), विनोद कार्की (यु ए ई), सारा प्याकुरेल (जर्मनी), ईश्वर भट्टराई (जापान), बिन्दु शर्मा (जापान), सुनिल ढकाल (न्युजिल्याण्ड), शीतल शर्मा (न्युजिल्याण्ड), राजीव खड्का (कुवेत), नितु श्रेष्ठ (कुवेत), सौविध्य मनोज (अस्ट्रेलिया), कैलाश थापा (क्यानडा), मदन पौडेल (राज छेत्री) (भारत) लगायत सदस्यहरूलाई उक्त समितिको सदस्यमा चयन गरेको थियो।
यो पनि पढ्नुहोस् : नेपालका यी ३० प्रभावशाली नेताहरुको पढाई कति ? सबै भन्दा कम पढेको को होला ?
अहिले विवेकशील नेपालीले विभिन्न प्रादेशिक समितिहरू गठनलाई तीव्रता दिएको छ। यसैक्रममा विवेकशील नेपालीले प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश तथा प्रदेश ५ मा पनि सदस्यहरुकै भेला राखी समितिहरू गठन सरिसकेको छ। साथै, अन्य बाकी दुइ प्रदेशहरु, जिल्लाहरु अनि स्थानीय तहमा पनि समितिहरू निर्माण कार्य भइरहेको छ।
विवेकशील नेपालीले विदेशमा रहेका ४० लाख नेपालीहरूलाई नेपालको राजनीतिसँग जोड्न साङ्गठनिक अनि नीतिगत पहलहरू गर्दै आएको छ। विवेकशील नेपालीले करिब ४ वर्षदेखि ‘नोट चल्ने, भोट नचल्ने ?’ अभियान मार्फत विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउनुपर्छ भनेर अभियान सञ्चालन समेत गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक