Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
dr ck rout

यस्तो छ सिके राउतको नालीबेली, वैज्ञानिकदेखि विखण्डनकारीसम्म

२७ फाल्गुन २०७५, सोमबार १७:४९


अमेरिकामा आधारित सिके राउत एउटा कमप्यूटर साइन्टीस्ट हुन् । क्याम्ब्रीज विश्वविधालयबाट यिनले पिएचडी गरेका छन् । आउनुहोस आज यिनको जीवनको कुरा गरौं, सदासर्वदा स्वतन्त्र मधेशको विषयमा विवादित यि नेताको जीवनका केहि पक्षहरु केलाउन जाँदैछौं ।
सगरमाथा अञ्चलको सप्तरी जिल्लाको महादेवा गाँउमा यिनको जन्म भएको हो । काटी भन्ने ठाँउ नजिकैको बिधालयमा अध्यन गरेका यि सप्तरि जिल्लाका चन्द्रकान्त राउतले बेलायतको क्याम्ब्रीज विश्वविधालय र जापानको टोकियो विश्वविधालयमा अध्यन गरेका हुन् । उन्ले अमेरिकाको रेथन बीबीएन टेक्नोलोजी कम्पनीमा ठूलै पद सम्म पुगेर जागीर पनि खाएका हुन् ।

यो पनि पढ्नुहोस् : यस्ता थिए सिके राउतका विखण्डनकारी ८ नारा

सर्वप्रथम राउतले गैर आवासि मधेशी संगठन खोलेर त्यसको कार्यकारी अध्यक्ष भएर बसे । मधेशमा वसोवास गर्ने गैरआवासिय नेपालीहरुको यो ठूलो र पुरानो संगठन मानिन्छ । त्यपश्चात सामाजिक अभियन्ताका रुपमा इन्जोत फाउण्डेशन स्थापना गरि नेपाल, इथोपिया र बगंलादेश जस्ता देशमा सामाजिक सेवाको शुरुवाती कामहरु गर्न पनि यिनको योगदान रहेको बताइन्छ ।

यो पनि पढ्नुहोस् : सिके राउत नेकपामा प्रवेश गर्लान त ?

सर्वप्रथम सन् २०१४ को सेप्टेम्बर १४ मा नेपाल सरकारले प्रथमपटक यिनलाई सन्थाल समुदायमा देशविरोधी नारा र पृथकतावादी भाषण दिएकाले पक्राउ गरेको हो । सेप्टेम्बर २० मा यिनले आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै सरकार विरुद्ध कारावासमै आमरण अनसन शुरु गरेका थिए र सेप्टेम्बर २५ मा यिनलाई अस्पताल भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस् : डेन्जर जोनमा नेपाल

उतिबेला सञ्चार मन्त्री म्रीनेन्द्र रिजाल, नेपाली कांग्रेसका उपाध्यक्ष रामचन्द्र पौडेल र तत्कालिन कृषी मन्त्री हरि पराजुली यिनलाई भेट्न अस्पताल पुगेका थिए । उतिबेला अमेरिकामा आधारित मानव अधिकार संगठन ह्यूमन राइट वाच, एसियन ह्यूमन राइट कमिसन र एमएनएस्टी इन्टरनेशनलले राउतको रिहाईका लागी पैरवी र वक्तव्य समेत जारी गरेका थिए । फेरि जनवरी ३ २०१५ मा राउतलाई जुतुवा भन्ने ठाँउबाट व्यापक प्रहरी परिचालन गरि पक्राउ गरियो, उतीवेला धेरै यिनका सर्मथकहरु हताहत भएको र चोटपटक लागेको पनि बताइन्छ । राउतले अहिलेसम्म आफ्नो जीवनकथामा आधारित डिनायल टु डिफेन्स नामक पुस्तक लेखेका छन् भनें द ब्ल्याक बुद्ध नामक वृतचित्र पनि निर्माण गरेका छन् । सन् २०११ मा यिनी अमेरिकाबाट नेपाल फर्केको तथ्य देखिन्छ ।

यो पनि पढ्नुहोस् : यस्ता थिए सिके राउतका विखण्डनकारी ८ नारा

राउत एउटा बुद्धिजीवी र प्रवुद्ध व्यक्तित्वका साथ अन्तराष्ट्रिय स्तरमा नै चर्चा र ख्यातीमा रहेको व्यक्तित्व भएको प्रष्ट हुन्छ तथापी नेपाल आमा र शाषन व्यबस्थाका कुराहरु र अभिव्यक्तिका कारणले राउतको ज्ञान भन्दा दुर्गुण धेरै देखिएको पाइन्छ ।

यो पनि पढ्नुहोस् :  यस्तो छ सरकार र सीके राउतबीच ११ बुँदे सहमति

मधेश बिखण्डनका कुरा र स्वतन्त्र मधेशका कुराहरु के अब सरकारले जनमन संग्रहवाट तय गर्ने हो त ? सिके राउत र सरकार बिचको यो रातारातको सहमती र गठबन्धनले आखिर के देखिन्छ त ?

यो पनि पढ्नुहोस् : सि.के राउत अमेरिकी बिरुवा हो, राष्ट्रिय अखण्डताबारे सोच्ने बेला आयोः प्रा. सँग्रौला

सिके राउत मूलधारको राजनितिमा आएपनि यिनका पछिल्ला भनाई र बक्तव्यहरु इन्टरनेटमा छताछुल्ल देखिन्छ, सरकारसंगको संझौतापछि त यि इन्टरनेटका बक्तव्य र पहिचानलाई मेटाउन पर्ने हैन र ? सिके राउत आजको नेपाली परिवेशमा एउटा रहस्य हो या उदारता, हेर्न बाँकी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,