Lifestyle Portal
  •   ५ असार २०७८, शनिबार

धर्मनिरपेक्षता विदेशीको चाल : कमल थापा

२८ फाल्गुन २०७५, मंगलवार २०:०४

राप्रपा नेपाल देश दौडाहामा छ । कमल थापा हिजो रुपन्देहीमा भाषण गर्दै गर्दा धर्मनिरपेक्षताको पोको खोल्दै कुरा गर्दैथिए । मेची महाकाली स्वाधिन यात्रामा बुटवलमा हिजोको आमसभामा कमल थापा अब नेपालमा हिन्दु राष्ट्रको माग गरिनुपर्ने कुरामा जोड लगाँउदै थिए । तथापि इतिहास फर्केर हेर्दा राजा शाषन र त्यसपछिको सरकारमा पनि कलम थापा लामै समय ठूलै मन्त्रिपदमा बिराजमान भएको देखिन्छ । उतिवेलाको चेत नखुलेको कमलको चेत अब खुलेकै हो त ? आमसभाका सहभागीहरु खासखुस गर्दैथिए ।

जनआन्दोलनका म्यान्डेडमा धर्मनिरपेक्षता नरहेको कमल थापा को भनाई थियो तथापि जनआन्दोलन अघि र पछिको सरकारमा पनि निर्णायक भूमिकामा रहेका कमल त्यतिबेला चाँही किन चुप थिए त ? सबैको प्रश्न त्यही थियो ।

कमल थापाले वर्तमान सरकारको सिके राउतसंगको संझौतामाथि पनि कटाक्ष प्रहार गरे । राजसंस्था हटेपछि नेपालमा झनै असहज परिस्थिती भएको र झनै लुटतन्त्र मौलाएको उन्को विष्लेषण थियो तथापी सहभागीहरुले उनको भाषण र कुरामा खासै चासो नदिएको र आमसभामै पनि निकै विवाद र टिप्पणीहरु उठेको हाम्रो बुटवल संवाददाताले बताए । अहिले नेपालमा राप्रपा नेपाल र बाबुराम भट्टराईको नया शक्ति पार्टी निकै देश दौडाहा र भेलामा कन्द्रित पाइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस

कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेका छन् । प्रदेशसभाको आठौँ अधिवेशनको