
दालचिनीका आश्चर्यजनक फाइदा यस्ता छन्
२९ फाल्गुन २०७५, बुधबार १०:२६
दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ। पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ। पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ। फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमा बेचिन्छ। यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ।
अल्काईको रोगमा
दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
दम खोकीमा
आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ।
चिसोले कपाल दुखेमा
दालचिनी र मरिचको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ।
घाँटी बसेमा
सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ।
कोलस्टेरोल घटाउन
दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ।- एजेन्सी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान