Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

अमेरिकाको पेन्सलभानियामा धुमधामका साथ छठ मनाइयो

३० कार्तिक २०७५, शुक्रबार ०६:२४


अमेरीका । महापर्व छठ आज क्षेत्रीय वा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व भइसकेको छ । मध्यदेशीय समाज संसारको जुन ठाउँमा गए पनि अफ्नो धर्म, भाषा, कला र सँस्कृतिलाई संरक्षण र संवर्द्धन गर्दै रहेका छन । यसै क्रममा  जहाँ  रहे  पनि आफ्नो मातृभूमि, पहिचान, एवं धर्म–संस्कृतिलाई नबिर्सी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भन्ने उदेस्यका साथ अमेरीकाको पेन्सलभेनिया चाल्डफन्टमा अहिले सम्मकै ठुलो छठ पुजा सम्पन्न भएको छ ।

कला र सास्कृति आफ्नो भावि पुस्तालाई पनि हस्तान्तरण गर्नुपर्छ तथा एकअर्का संग भेटघाट गर्ने उदेश्यका साथ अमेरिकाको पेन्सलभानिया राज्यका वरिपरि रहेका मधेशीहरुले हरेक वर्ष झै यसपाली पनि मधेशीहरूको महान्  पर्व छठ धुमधामका साथ मनाएका छन् ।

अमेरीकामा रहेको भारतीय मन्दिर एन्टा नामक संस्थाले छठ पुजाको आयोजना गरेको मुकेश यादवले जानकारी दिनु भएको छ । सो संस्थाका अध्यक्ष निलु झा रहनु भएको छ । नेपालमा रहदा  मनाईरहेका चाड पर्वहरुलाई अमेरीकामा पनी संस्कृतिको जर्गेना गर्ने उदेश्यकासाथ मनाईने गरेकाले प्रत्यक वर्ष आयोजना भईरहेको छठ पर्व अबका दिनमा पनि  निरन्तर आयोजना हुने मुकेश यादवले बताउनु भएको छ । निकै भव्य रुपमा सम्पन्न भएको छठ पुजामा १०० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले

सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका