Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

भाषा, नोट-टिपोट, न्यूज पर्सनलाईजेशन लगायत ७ नयाँ सुविधा लिएर आयो ‘हाम्रो पात्रो’

२८ फाल्गुन २०७५, मंगलवार १६:०४


काठमाण्डौ २८, फाल्गुण । हरेक नेपालीको मोबाइल सहयात्री हाम्रो पात्रोले यही साता आफ्ना प्रयोगकर्ताका लागि एकमुष्ठ खुशीका सौगात सहितका अनेक नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ । गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रो पात्रोमा समावेश प्रत्येक विशेषता लाखौं नेपाली प्रयोगकर्ताहरुको दैनिक स्मार्ट जीवनलाई सुपर स्मार्ट बनाउने खुबी राख्दछ ।

“१० वर्षअघि मैले आफ्नो व्यक्तिगत सोख तथा आवश्यक्ताका लागि  नेपाली क्यालेण्डरका तिथीमिति, चाडवाड, रितिरिवाज तथा वैदिक हिन्दु संस्कारका विविध जानकारी समेटिएको र अमेरीकास्थित केही साथीहरुका लागि उपयोगी बनाउने गरेको प्रारम्भिक प्रयासहरुलाई यहाँहरुले क्रमशः मलजल गर्दै जानुभो र निरन्तर हामीले यसमा गोडमेल गरी रह्यौं । यो अवधिमा म तथा मरो टिमले हरेक दिन, हरेक क्षण नेपाली प्रयोगकर्ताको दैनिकिको मूलभूत आवस्यक्ता के हो भन्ने विचारहरुमा निरन्तर खोजी गरी रह्यौं  र समयानुसार फरक सुविधा, नविन प्रविधियुक्त अपडेट गर्दै गयौं । यसक्रममा ‘हाम्रो पात्रो’ एउटा पात्रोमा मात्र सिमित नरहेर, हरेक नेपालीको दैनिकी सहज बनाउने सहयात्री भएको छ । हाम्रो पात्रो नेपाली एप्सहरुको पंक्तिमा सर्वाधिक ठूलो परिवार भएकोमा गर्व लाग्छ  । हाम्रो यो स्मार्ट नेपाली परिवार लाखौं सदस्य सहितको एउटा विशाल पारिवारीक संरचना बनिसकेको छ ।”

“हामीलाई हाम्रो विचारमा, हाम्रो हरेक अपडेटमा अनेक खुशी साट्ने, अनेक जिज्ञासा राख्ने, थुप्रै विचारोत्तेजक प्रश्न, प्रतिक्रिया राख्ने लाखौं लाख प्रयोगकर्ताहरुप्रति आभारी छुँ । म विश्वस्त छु ! हामीले यो पल्ट पस्किएको २१ औं शताब्दिको अनेकौं विशेषता सहितको नयाँ हाम्रोपात्रो हाम्रो प्रयोगकर्ताहरुलाई मनपर्नेछ ।” हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतिले बताउनुभयो ।

यस्तो हाम्रो पात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरुः

) स्थानीय भाषाका साथमा
हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलव्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ । नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ । अब लाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सक्नुहुनेछ ।

नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुनुहुन्छ भने तपाईंले नेपाल सम्वतमैं तिथीमिति बारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपालभाषामा राखिएका छन् । आउँदा दिनहरुमा नेपालभाषा लिपी समेतको हाम्रो पात्रो सार्वजनिक गर्नेभएको छ ।

) दिन तथा रात थिमका साथ

प्रयोग सहजतामा प्रभावकारी लाईट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो । अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन् ।

) हाम्रो भिडियो

विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने सुविधा सहित भिडियोको नयाँ डिजाईजन राखिएको यो सुविधा तपाईँलाई मनपर्नसक्छ । यूट्यूबमा बिभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो खोजि गर्नु चुनौतिको विषय हो । आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही तपाईँलाई पनि अप्ठेरो भएको हुनसक्छ । त्यसका लागि “Spam-free” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु समावेश हाम्रो भिडियोको विशेषता हो ।

) नोट/टिपोट

हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट । आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट/टिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ । यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिनेछ ।

नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्नमिल्ने खालको छ । अब तपाईँका कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र ‘नेपाली टाईम’को आक्षेप कुनै कार्यक्रममा या उपस्थितीमा नलागोस् भन्ने चाहनुहुन्छ भने यो सुविधाका उपयोगी बन्न सक्छ ।

मोबाईल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रोपात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेख्नुभएको नोट / टिपोट अथवा इभेन्ट प्लानहरु केही पनि हराउनेछैन । तपाईँको विभिन्न इभेन्ट प्लान / गतिविधि व्यवस्थापन गर्नका लागि G-mail, Twitter अथवा Facebook बाट हाम्रोपात्रो लग-ईन गरीसकेपछि राख्नुभएका नोट / टिपोट तपाईँले प्रयोग गर्ने जुनसुकै Android फोनमा पहिले लग-ईन गरीएको आइडीबाट लगइन गरेर एप्लिकेशन प्रयोग गर्नुभएमा पहिलेकै अवस्था सम्पूर्ण कुराहरु यथास्थानमैं देखिनेछन् ।

) समाचार सर्च तथा ट्रेण्डिङ समाचार

यस मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेन्डिगं विषयको सुविधा । आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिगं विषयहरुमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ । सर्च गर्ने प्रभावकारी तरिका देखि सर्च हिस्ट्रि सम्पादन सम्मको सुविधाको एप्लिकेशनले दिएको छ ।

) न्यूज पर्सनलाईजेशन

यहाँहरुको व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेशन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचारहरु यहाँहरु सामु पस्कँदै आएको र समाचार या समाचार स्रोतहरु हरेकका लागि रुची अनुरुप र चासो अनुरुपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ । अब हाम्रो पात्रोमा तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।

) दैनिक नोटिफिकेशन हिस्ट्रि

हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरु हिष्ट्रिमा पछि समेत हेर्नमिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ । दिनहूँका नोटिफिकेशन हिस्ट्रिमा बस्ने समाचारको सूची आज मात्रको हुने हैन पुराना समाचारका नोटिफिकेशनहरु पनि क्रमैअनुसार तपाईँको मोबाईलमा रहीरहनेछ ।

अब दिनभरी तपाईँ जस्तोसुकै व्यस्ततामा रहेपनि महत्वपूर्ण खबरहरुको अपडेट छुट्यो भनेर टेन्सन लिईराख्नु पर्दैन । यो सुविधाले देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका कुनैपनि अपडेट तपाईँले आफ्नो अनुकूल समयमा पढ्न सक्नुहुनेछ ।

हाम्रो पात्रोको यस मेगा अपडेट अन्तर्गतको ‘७ दिन ७ विशेषता’ले तपाईँको स्मार्ट जीवनलाई स्मार्ट दैनिकीमा सहयोगी साथी बन्न सक्छ । यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग