Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

पाब्लो पिकासोका प्रेरक भनाइहरु

३० फाल्गुन २०७५, बिहीबार ११:१०

पाब्लो पिकासो एक स्पेनी पेन्टर, मूर्तिकार, डिजाइनर, कवि तथा नाटकलेखक थिए जसले आफ्नो जीवनको वयस्क समय फ्रान्समा बिताएका थिए। उनी बीसौं शताब्दीका सबैभन्दा चर्चित, विवादास्पद र समृद्ध कलाकार थिए । उनले आफ्नो तीक्ष्ण रेखाहरुको प्रयोग गरेर घनवाद अभियानलाई जन्म दिएका थिए। पिकासोको कलाकृतिहरू मानव कल्पनाको जीवित दस्तावेज हुन्।

१. योजनालाई काममा परिणत गर्नु नै सफलताको आधार हो ।

२. योजनाको गाडीमा हाम्रा लक्ष्यहरु राखेर परिश्रमले उक्त गाडी डोहोर्याउनु नै सफलता तर्फ उन्मुख हुनु हो ।

३. सफलता खतरनाक हुन्छ । यदि मानिस सफल हुन्छ, उसले आफैले आफ्नो नक्कल गर्न थाल्छ । र, अरुको नक्कल गर्नुभन्दा खतरा आफ्नै नक्कल गर्नु हो ।

४. तिमीले जुन कुरा कल्पना गर्न सक्छौ, त्यो साँचो हुन्छ । कल्पनामा जिद्दीपन र पगलपन हुन जरुरी हुन्छ।

५. हामी बूढो हुँदैनौ, हामी परिपक्क हुँदै जान्छौं ।

६. मैले जुन काम गर्न जान्दिन त्यो काम गर्न अगाडी सर्छु । जसले गर्दा, मैले त्यो काम गर्न सिक्छु । जुन काम गर्न मलाइ डर लाग्छ म त्यहि काम गर्छु तकि मेरो मन देस्खी डर भागोस।

७. प्रत्येक बच्चा कलाकार हो । फरक यसमा पर्छ की, ऊ ठूलो हुँदै जाँदा वरिपरिको वातावरण अनुसार आफूलाई कस्तो राख्न सक्छ।

८. बिगार्नुबाट नै कुनै पनि कुराको सृजनाको सुरुवात हुन्छ । फेल भयो, काम बिगारो/बिगारी भनेर भन्नू भन्दा त्यस बाट केही सिक्ने मौका पायो भन्ने सोच्ने गर्नुपर्छ।

९. प्रेरणा भन्ने शब्दले हामीलाई काम गरिरहेको भेट्नुपर्छ । कोसैलाइ प्रेरणा दिन सिक्नु पर्छ। प्रेरणा दिनु को साटो तैले यो अ्मुक काम गर्न सक्दैनस अथवा यस्तो काम गर्न तम्सिने या गर्ने त पागल होस भनेर कोसैलाइ नसोचौ, नभनौ।

१०. जीवनलाई ताजा बनाइराख्ने चिज भनेको नै माया हो । सबैलाइ दिन पुग्ने भनेकै माया हो। माया र शिक्षा जति दिनसकिन्छ उति नै बढछ।

११. जीवन लाई हसिलो बनाइ राख्ने चिज भनेको सकरात्मक सोच र आत्म सन्टुष्टी हो। यस लाई निरन्तरता दिन सिकौ। -सक्सेस न्युज

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र