
विप्लवको प्रतिबन्धमा बाबुरामको स्ट्याटस
२९ फाल्गुन २०७५, बुधबार १८:३०
विप्लव नेतृत्वको माओवादीले गरेका आततायी क्रियाकलापप्रति बाबुराम भटराईले आफ्नो फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । माओवादीका तत्कालिन नेतृत्व अहिले आआफ्नै धार र विचारमा केन्द्रित छन्, एउटा धार सरकारमा सत्तारुढ भएपनि अन्य धारहरुको यो वैमनस्यतालाई माओ धारकै विभाजन या वैचारीक विभाजनका रुपमा मात्र हेरिने हो भन्ने तर्क पनि उठेको छ । एकजमानाका एकै धारका यि नेताहरु अहिले आफ्नो आफ्नो पार्टीमा अनि धारमा व्यस्त छन् । बावुरामको फेसबुक स्ट्याटस यस्तो रहेको छ ।
मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए स् ‘इतिहास दुइ चोटि दोहोरिन्छ(पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा ! ’ नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ! आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो१ त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-ML माथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो ! आखिर त्यसको परिणाम के भयोरु अन्ततस् दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो ! के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ? (फोटोस् गूगल्स )
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा