हिन्दु धर्ममा एकै गोत्रमा विवाह किन निषेध छ ?


“सगौत्राय दुहितरेव प्रयच्छेत्” अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुदैन । सगोत्री कन्या विवाह गर्ने ब्यक्ती च्युत हुन जान्छ । यसरि विवाह भएका जोडीहरु जन्मने सन्तान पनि गतिला हुदैनन भनेर हिन्दु शास्त्रमा भनिएको छ ! हिन्दु धर्ममा एकै गोत्रमा विवाह निषेध हुनुको वैज्ञानिक कारण यसले भोलीको दिनमा निम्त्याउने आनुवंशिक रोग हो ! विश्वमा आज निस्किएका जतिपनि रोग हरु छन् ति सबै पश्चिम अर्थात आजको इसाई देश बाट उत्पती भएका छन् १ हिन्दु समाजमा प्राचिन काल देखि नै सगोत्रीमा विवाह निषेध छ |

इसाई देशमा देखिएको जिनियोलोजिकल डिजिजको कारण लामो समय देखि गरिएको रिसर्चको अनुसार नासाले पनि सगोत्री भित्र विवाह गर्नु हुन्न भनेर प्रमाणित गरेको छ,  पश्चिमा देश हरुमा अझै पनि कुल बंश लाई प्राथमिकतामा नराखी विवाह गर्ने चलन छ तर हाम्रो हिन्दु सम्प्रदायमा प्राचिन काल देखि नै सगोत्रीमा विवाह गर्न वर्जित छ ! आनुवंशिक रोग संग सम्बन्धित एक अमेरिकी वैज्ञानिक ले भनेका छन् कि, आनुवंशिक बिमारी न आओस भन्ने तपाई चाहनु हुन्छ भने यसको निदान को एक मात्र उपाय भनेको एकै वंश भित्र बिबाह नगर्नु हो अर्थात दुई जना एकै जस्तो वा आफ्नै नाता सम्वन्धमा वा नजिक को नातामा बिबाह सम्वन्ध गर्न बाट रोक्नु हो ! किनभने हाम्रो नजिक को नाता सम्वन्धमा बिबाह गर्दा एक आपसमा लिंक भएको बिमारी जस्तै हिमोफिलिया, वर्णांधता र एल्बोनिज्म हुने खतरा १०० प्रतिशत रहन्छ सायद हिन्दु ऋषी मुनी ( प्राचिन बैज्ञानिक ) ले यहि कुरा लाई बुझेर हजारौ वर्ष पहिला देखि नै सगोत्री परम्परामा विवाह मा निषेध गरेका थिए |

यदि उनीहरु गलत थिए भने हजारौ वर्ष देखि उनीहरुले सगोत्री विवाह परम्परा लाई किन निषेध गरे रु यो कुरा त आजको समयमा बल्ल रिसर्च द्वारा पत्ता लाग्दै छ , हिन्दु समाजमा त यसको प्राक्टिस सदियौ देखि चलि आएको छ , साथै अमेरिकी वैज्ञानिकले यहा सम्म भनेका छन् कि, आज पुरा विश्वले मान्नु पर्दछ कि, हिन्दु धर्म मात्र विश्वको एक यस्तो धर्म हो, जो केवल, ” विज्ञानमा आधारित ” छ ।

महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ । सगोत्री विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने प्रचलन पनि वैज्ञानिक वास्तविकतामा आधारित छ । गरुड महापुराण अनुसार सगोत्रमा विवाह हुँदा जन्मने सन्तानलाई चाण्डाल मनिन्छ । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको Y क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको Y क्रोमोजोम र त्यस स्त्रीको पिताको Y क्रोमोजोम एउटै हुन्छ । यस हिसाबले सगोत्रीसँग विवाह भनेको एउटै गर्भका भाइ र बहिनी वीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ । यस्तो हुन गए गम्भिर जैविक असर उत्पन्न हुन्छ भनि जिव विज्ञानीहरूले भनेका छन् ।


Loading comments...