काली केटि को सुन्दरता


मेरो उमेर ९ बर्ष हुँदा देखि नै
आफ्नो अनुहारमा फेयरनेस क्रिम को झापड हान्दै आएकी छु
अझ फेसवास को हरेक स्पर्श पनि मेरो अनुहारमा झापड झैं भएको छ
कारण मेरो रंग
रंग अर्थात म काली छु
त्यही कालोपना कै कारणले मलाई नराम्रो भनिन्छ
काला मान्छे नराम्रो हुने भएकाले
म राम्री हुन चाहन्छु
मेरा छातीहरु बैसमा टेकेका अन्य केटिहरुको भन्दा सानो छ
र मेरो दुब्लो कम्मर र नमिलेको तिग्राहरु बिचको स्थान
यिनै कुराहरु लाई आत्मबिश्वासका साथ लिएर हिँड्ने क्रममा
आज म, अर्थात यो काली केटि यहाँ सम्म आइपुगेकि छु
मेरो पनि बिचार र आवाज छ
तर मेरा आवाजहरु शुन्यतामा बिलाएका छन्
मलाई भनिएको छ कि राम्रा केटाहरुले
गोरा र चटक्क परेका केटिहरु मात्र मनपराँउछन भनेंर
मेरो काकाको छोरा ले पनि आजभोली खाना खान छोडेको छ
किनकि उसलाई पनि भनिएको छ
कि फिट हुनुपर्दछ भनेंर, उ एप्स निकाल्न लागीपरेको छ
स्वस्थ खाएर अनि व्यायाम गरेर एव्स निकाल्नको साटो
शायद खाना नखाएर सुकेर एव्स निकाल्न सजिलो हुन्छ होला

मलाई केटाहरुको उत्ति थाहा छैन
म भनें काली छु
जस्तै मेरो आमाले पकाउनुभएको रगं कडा कालो चिया छ
किन हाम्रो छालाको रंगले हाम्रो सुन्दरता लाई निर्धारण गर्ने होला रु
मलाई यो फिटिक्कै मन पर्दैन
पत्रिकामा पनि हेर्दछु
गोरा छाला भएकाहरु लाई राम्रा भनेंर देखाइएका छन्
भिडियोमा पनि कालालाई लाईट हालेर गोरा बनाएरै देखाइन्छ
यहाँ पाईला भन्दा नितम्ब ठूलो हुन जरुरी छ
मुटु भन्दा छाती ठूलो को जमाना छ
दिमाग हैन छालाको रंगले
सुन्दरता को तराजु बनाइएको छ ।
मैले त आमालाई भनिसकें
मेरा लागि बेहुला हेर्दा
रंग गोरो हैन मन गोरो भएको खोज्नुहोला भनेंर
अब त मैले मनमा गाँठो बाँधिसकें
अब म हिँउजस्तो गोरागोरी हैन
कालो चियाजस्तो कालै भएपनि
मन सफा भएकालाई साथी बनाँउछु
अब अनुहारमा आँफैले फेसवास र फेयरनेस क्रिमको झापड पनि हाँन्दिन
किन भनें म काली हुन्छु या गोरी हुन्न भनेंर आफ्नै ईच्छाले जन्मेको हैन
म अरुलाई माया गर्नु अगावै
अब आँफैलाई माया गर्न
र आफ्नो कुराहरु स्वीकार्न लागी पर्दैछु
हो म काली केटि हुँ
र म सुन्दर छु
अब आँफैलाई माया गर्न
र आफ्नो कुराहरु स्वीकार्न लागी पर्दैछु

अरन्या जोहर


Loading comments...