
माइकल ज्याक्शनकी महिला सहयोगीको वयान
२ चैत्र २०७५, शनिबार ०८:००
बाल यौन दुराचारमा निकै लामो समयदेखि मुछिएका विश्वप्रसिद्ध गायक माइकल ज्याक्शनको मृत्यु भएकै एक दशक भइसक्यो । बाल्यकालदेखि नै बुवाको हिंसा र प्रताडनामा परेको भनिएका यि विश्वप्रसिद्ध पपस्टार जस्ता न पहिले थिए न त अब आउनेछन् । बाल्यकालका गीत देखि मुनवाकको विश्व सिलसिलागत नृत्यसम्म माइकल ज्याक्शनका देन हुन् । तथापि जीवनकालमा यिनले गरेका यौनदुराचार र नेभरल्याण्ड नामक ६७ मिलियन अमेरिकी डलर मुल्यको एउटा शहर नै किनेर बालबालिकाका लागि यिनले पार्क बनाएको र त्यहाँ भएका बालयौनदुराचारका कुराहरु अहिले क्रमश उत्खनन र सार्वजनिक भइरहेका छन् ।
भर्खरै नेभरल्याण्डको वृतचित्र पनि सार्वजनिक गरिएको थियो र माइकलकी उतिवेलाकी सहयोगी कामदार जस्ले ४ वर्षसम्म उनको बेडरुम र व्यक्तिगत कुराहरुको ख्याल गरिन, तिनको अन्र्तवार्ताले विश्वलाई नै चकित बनाएको छ । एड्रियन मेकमेनस नामक यि ५६ वर्षकी महिलाले सन् १९९० देखि १९९४ सम्म ज्याक्शनको निजी परिचारीका भएर काम गरिन् । यिनका अनुसार ज्याक्शनले आफूलाई निकै सराहना गर्ने गर्दथे । तथापि ज्याक्शनले चाहेर पनि आफ्नो बालयौन दुराचारको कुराहरु यिनीसंग लुकाउन सकेनन । एकफेर मेकमेनसलाई ज्याक्शनले आमा लिवसमा फोन गरेर तिमीलाई सबै कुरा थाहा छ हैन भनेंर भन्दा आफू डराएको पनि यिनी बताँउदछिन् । अक्शर माइकलको कोठा सफा गर्दा निकै घिनलाग्दा र अस्वभाविक कुराहरु घेटेको यिनले डेलीमेललाई बताइन् । कोठाबाट र नुहाउने ठाँउ ज्याकुजीबाट केटाकेटीको भित्रि बस्त्रहरु निकाल्दा आफूलाई घिन लागेको र नेभरल्याण्डमा बस्ने केटाकेटीहरु लगभग नग्न झैं हिँड्ने अचम्मको चलन पनि यिनले बताइन् । माइकलको ओच्छ्यान छेउबाट भ्यासिलीन लगायत कुराहरु भेटेको र माइकल केटाकेटीहरुको नग्न तस्बीर भेलापार्न विशेष रुची रहेको मान्छे भएको बताइन ।
सन् १९९० ताका माइकलले खिचेका केटाकेटीहरुसंगको दृश्य भएको भिसिआर चक्काहरु पनि माइकलको बाल यौन दुराचारी बानीको सवुत रहेको यिनी बताँउछिन् । बालबालीकाहरुसंग वयस्क माइकलको त्यस्तो व्यबहारका दृश्यहरु देख्दा म अचम्म हुन्थें तथापि माइकल आफ्नो बोस भएकाले मैले यी कुराहरु अघि ल्याइन । माइकलका राम्रा पाटा हरु पनि उत्तिकै छन् र यो बालयौन उत्तेजनाको पाटो चाँही माइकलको नराम्रो पाटो हो, उनी थप्दछिन् । माइकलले प्रहरीबाट सवुतहरु लुकाउन आफ्नो चलचित्र देखाउने थियटरमा नेभरल्याण्डका भिडियो र अन्य प्रमाणहरु लुकाएको उनी बताँउदछिन् । माइकल लागुऔषध सेवन गर्दथे, मेकमेनस संझना गर्दछिन् । एकफेर माइकलले आफूलाई बेडरुममा सजाउनका लागि भनेंर केहि तस्विरहरु लेमीनेशन गर्न पठाएको र ति सबै तस्विरहरु बालकहरुको रहेको उनी बताँउदछिन् ।
सन् २००३ मा एकजना क्यान्सर पिडित बालक ग्याभिन अर्भिजोको आरोप र मुद्धामा माइकललाई किटानीजाहेरी दिएपछि माइकल २००४ को अगस्तबाट अदालती प्रक्रियामा हाजिर हुन थालेका थिए । माइकल केहि समय पक्राउमा पनि परे र अन्तत लागुऔषधको ओभरडोजका कारण सन् २००९ मा यिनको मृत्यु भयो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,