
के बोईगं ७३७ म्याक्स ८ सुरक्षित छ ?
३० फाल्गुन २०७५, बिहीबार १४:०९
गतवर्षको लायन एयर दुर्घटना र अहिलेको इथोपियन एयरलाइन्सको दुर्घटनाको समान प्रकृति, पाइलटले उडेको केहि बेरमै गुमाएको नियन्त्रण अनि जहाजको नोज पिच तलमाथि र म्यानुअल र अटोमेटिक कन्ट्रोलको दुविधाले दुइवटा बिशाल ७३७ म्याक्स ८ खसेको छ अनि सैयौंको ज्यान गएको छ । तत्कालै चीन सरकाले आफ्ना सबै एयरलाइन्सलाई म्याक्स ८ ग्राउण्डेड गर्न निर्देशन दियो, अमेरिकी कम्पनी बाइगंको यस मोडल क्रमश विश्वभरि नै अहिले ग्राउण्डेड भइरहेको छ । अनि प्रश्न छ कि के के बोईगं ७३७ म्याक्स ८ सुरक्षित छ ? इथोपियन एयरलाइन्सको म्याक्स ८ केवल ४ महिना पुरानो जहाज थियो तर उडेको ६ मिनेटमै त्यस जहाज खसेको थियो । गत अक्टोबरमा इण्डोनेशीयाको लाइन्स एयरको म्याक्स ८ मा पनि यस्तै समस्या देखिएको र दुर्घटना भएको थियो ।
म्याक्स ८ मा एमक्यास भन्ने अटोमेटिक सिस्टम छ जस्ले जहाजको पुच्छर तल गएमा स्वत माथि ल्याउने र सन्तुलन गर्ने गर्दछ । लाइन एयरको समयमा चाँही कम्प्यूटरले फल्स अलार्म र गतल सूचना ककपिटमा पठाएको अनुसन्धानले देखाएको छ । अटोपायलट र म्यानुअल बिचको द्धन्दात्मक अवस्थाले जहाजको सन्तुलन बिग्रेको र दुर्घटना भएको रिपोर्ट छ ।
हुन त बोइगं ७३७ विश्वकै सर्वाधिक सफल एयरक्राफ्ट त हो र एयरबस ३२० को तुलनामा यसका फिचरहरु निकै राम्रो र क्षेत्रफल धेरै रहेको हवाईयात्राका पारखीहरु बताँउदछन् । बोइगं ७३७ का दशौं हजार जहाजहरु विश्वमा सञ्चालनमा आएको तथ्याकं छ । अब म्याक्स ७३७ कतिको सुरक्षित हो भन्ने बिषयमा चाँही दुर्घटनाको अनुसन्धान रिपोर्ट आएपछि मात्र भन्न सकिने छ तथापि उक्त जहाजमा प्राविधिक समस्या आएको भनें पक्का हो तसर्थ अहिलेलाई यस मोडलमा यात्रा नगर्न सुझाव दिइएको छ ।
विश्वभर अहिले ३५० वटा यस मोडलका जहाजहरु सञ्चालनमा थिए र ५००० वटा यस मोडलको अर्डर रहेको देखिन्छ । सन् २०१७ बाट म्याक्स ८ बजारमा आएको हो तर इथोपियन दुर्घटनापछि यसको दैनिक ग्राउण्डेड हुने दर बढ्दो छ । अमेरिकी कम्पनी भएकाले पनि हुनसक्छ अमेरिकी उड्ययन प्राधिकरण भनें यस विषयमा मौन छ ।
अमेरिकन , यूनाइटेड र साउथवेस्ट एयरलाइन्सले यस जहाजलाई दैनिक रुपमा नै उडाइरहेका छन् । नेपाली एयरलाइन्स कम्पनीसंग यस मोडलमा जहाजहरु छैनन् तथापि विदेशमा रहेका धेरै नेपालीजनहरु यस मोडलमा यात्रा गरिरहेका या गर्न सक्ने देखिन्छ । इथोपियन एयरलाइन्सको दुर्घटनामा पनि हामीले एकजना नेपाली चेली गुमायौं, नेपाली उड्ययन प्राधिकरण भनें म्याक्स ८ को विषयसंग जोडेर विश्वभरिका नेपालीजनको सुरक्षाको कुरामा उदासिन छ । तथापि विश्वभरिका नेपालीलाई सकेसम्म यस मोडलमा यात्रा नगर्न र सुरक्षित हुन हामी सल्लाह दिन्छौं । हवाइयात्रामा लिएको जोखिमको मृत्यु सिवाय अन्य कुनै परिणाम हुँदैन । सतर्क रहौं ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,