
छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीको सहयोग
३० फाल्गुन २०७५, बिहीबार १४:२८
चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।
सुबिहानीको जन्मउत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’
धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउन पाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकी मात्र काठमाण्डौं फर्किएका छन् ।
अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को फिल्डको काम भईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्न हुने धुर्मुस सुन्तली बताउछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,