
७ दशमलव ५ बिलियन अमेरिकी डलर दान गर्ने भारतीय
३० फाल्गुन २०७५, बिहीबार १५:३८
भारतका अरबपतीको एतिहासिक दानको समाचार अहिले विश्वमा निकै चर्चामा छ । भारतीय कग्लोमरेट विप्रो भन्ने कम्पनीका मालिक अजिज प्रेमजीले कम्पनीको कूल शेयरको ३५ प्रतिशत बरावरको ७ दशमलव ५ बिलियन डलर दान गरिदिएका छन् । सामाजिक कार्यमा यिनले गरेको यो दान भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो दान हो । यसअर्थमा सम्भवत विश्वमै सर्वाधिक ठूलो गैर नाफा मुलक क्षेत्रमा नाफा मुलक क्षेत्रले गरेको यो दान हो ।
यसका साथै अजिजले अहिलेसम्म गरेको दान २१ बिलियन डलर हुन जान्छ जुन यिनको कम्पनीको कूल शेयरको ६७ प्रतिशत हो ।
अजिजको फाउण्डेशन छ , अजिज प्रेमजी फाउण्डेशनले १५० भन्दा धेरै गैर नाफामुलक संस्थालाई सहयोग गर्दछ र लाखौंको संख्यामा सिमान्तकृत समूदायका भारतिय बालबालीका र युवालाई शिक्षाको पहूँचमा पुर्याउन साथ दिएको छ ।
यस्तै अजिज प्रेमजी यूनिभर्सिटीमा निःशुल्क शिक्षा र छात्रवृतिका मनग्यै अवसरहरु पनि रहेको बताइन्छ । बैंगलुरुको यस यूनिभर्सिटीमा अहिले मात्रै ५०० बिधार्थी र ४०० फ्याकल्टी रहेका छन्, यसवर्षबाट यसको क्षमता तिन गुणाले बढाउने लक्ष्य रहेको समाचार छ । ७३ वर्षिय बैंगलुरुमा आधारित यि व्यबसायी भारतका दोश्रा धनी व्यक्ति हुन जो ब्लुमवर्गको अरबपतीको विश्वसूचीमा ५१ औं नम्बरमा पर्दछन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग