software

के आत्मा पनि एउटा सफ्टवेयर हो ?


जेनेटीक कोडका कुराहरु भइरहेका छन् अनि जेनेटिक कोड र स्टीम सेलको विषयमा विश्वमा घनीभैत अध्ययन भइरहेका छन् । अस्ति भर्खरै विश्वमा दोश्रा व्यक्ति एचआइभी संक्रमणबाट निर्मुल भएको खबर आयो र त्यसको उपचारात्मक तथ्य थियो स्टीम सेल र जेनेटीक कोडहरुमा भएको प्रत्यारोपणहरु । अब कम्प्युटरको कोडलाई मानव शरीरको सुष्म अध्ययन र वनावटसंग तुलना गरिन थालिएको छ यद्धपी आत्माका कुरामा भनें उति अध्ययन र अनुसन्धान भएको पाइन्न । यदि शरीर कम्प्युटर कोड हो भनें आत्मा पक्कै सफ्टवेयर हुन पर्दछ हैन र ?

यो एउटा हाँस्यास्पद स्टेटमेन्ट हुन सक्ला तर आज हामी आत्मालाई सफ्टवयरसंग तुलना गर्दैछौं किनभनें कम्प्युटर चाहे जतिसुकै खतरा र अपडेटेड किन नहोस् ? सफ्टवेयर बिना हार्डवेयर अधुरै रहन्छ जसरी आत्मा बिना शरीर केवल लाश हुन्छ ।हामीले आफुलाई एउटा पूर्ण कमप्युटरको रुपमा हेर्ने हो भनें आत्मालाई चाँही सीपीयु संग तुलना गर्न सकिन्छ । सीपीयुको कोड डिकोडर र मेमोरी फरक फरक फरक हुन्छ । शरीरको अन्य पाटपूर्जा भन्दा सीपीयु फरक छ, यसका कार्यहरु निर्देशात्मक, कलात्मक अनि बिशिष्ट हुन्छ । सम्पूर्ण कमप्युटर नै सीपीयु निर्देशित हुन्छ । बिभिन्न लजीकल ईकाईसंग जोडिएको सीपीयुको हरेक ईकाईसंग स्वतन्त्र र फरक कोड, डिकोडर अनि मेमोरी हुन्छ । यस्ता स्वतन्त्र लजिकल ईकाईलाई माइन्ड्स भनिन्छ ।

यस्ता लजिकल ईकाईहरु सेन्सरसंग जोडिएका हुन्छन् यसलाई हामी हाम्रा अगंहरु झैं मान्न सक्दछौं जस्तै कि नाक, कान आदि । हरेक इनपुट अर्थात कमाण्डहरु सेन्सरमार्फत प्राप्त हुन्छ जसलाई माइण्डसले डिकोड गर्दछन् र डिकोड गरेको इनपुटलाई सीपीयु मा फरवार्ड गरिन्छ जहाँबाट आउटपुटको निर्देशन जारी गरिन्छ । यो त भयो कमप्युटरको कार्यगत प्रणाली, के यस हिसाबमा मानविय शरीर पनि कुनै स्वचालित प्रणाली हो ? अनि मुख्यत के हाम्रो आत्मा केवल सफ्टवेयर हो त ? या आत्मा पनि सफ्टवेयर हो त ? भन्ने एउटा तरंग अनि जिज्ञासाको आज चिरफार गर्न चाह्यौं ।

आत्माको कुरा गर्दा अध्यात्मलाई जोडेर लिइन्छ अनि अध्यात्मलाई फेरि धर्मसंग । केही बदलिँदा विश्व परिवेशबाट कुरा शुरु गर्न चाह्यौं । धेरै पश्चिमा देशहरुमा अहिले नास्तीकताको लहर चलेको छ । नयाँ पुस्ताहरु धर्मलाई स्पष्टसंग एउटा भार अनि पछ्यौटेपना संग तुलना गर्न थालेका छन् । सन् १९७० मा केवल ५ प्रतिशत अमेरिकीहरु नास्तीक थिए भने अहिलेको तथ्याकंले ३० प्रतिशत अमेरिकीहरु नास्तीक भएको देखाएको छ । नयाँ पुस्तामा भने यो दर झनै घट्दो छ । आइसल्याण्ड लगायतका केही देशका सरकारले त अघोषित रुपमा नै धर्मलाई सामुहिक मानव हत्याको हतियार भनिदिएको छ ।

अहिलेको पुस्तामा धर्म भन्दा पनि प्रविधी अनि ग्याजेटमा विश्वास बढ्दो देखिन्छ, यस हिसाबले आत्मालाई पनि कुनै सफ्टवेर अनि कोडसंग तुलना गरिनु खासै नयाँ कुरा हैन् । यता भारत, चीन, रुस लगायतका देशमा भने धर्मको बिस्तार र मान्यता घटेको छैन् । विश्वमा ५९ प्रतिशत मान्छेले आफुलाई धार्मिक बताएको तथ्याकं छ, चीनमा मात्रै सक्रिय ८० लाख क्रिस्चियन रहेको देखाँउदछ जुन सख्याँ त्यहाँको कम्यूनिष्ट पार्टीको कुल सख्याँ भन्दा धेरै हो । समाजको सुरक्षा जाली बलियो भएका देशहरुको तुलनामा कमजोर सुरक्षा जाली भएका देशहरुमा धर्मको प्राव बढि पाइन्छ । उदहारणका लागि यूरोपका बिकसीत देशहरुमा सामाजिक सुरक्षा राम्रो छ जहाँ धर्मको प्रभाव पनि कम छ ।

कुरा जेसुकै होस् आज पहिले शरीर अर्थात सीपीयु मा मन्थन गरौं । सिपीयु बिचरा पीडादायी पूर्जा हो किनभें आइएलयू अर्थात मान्ड्सबाट डिकोडेड इनपुट पाएपछि त्यस इनपुट सीपीयुको आफ्नै डिकोडेड डाटासंग मिल्न नगएमा सीपीयु कमाण्ड पछ्याउने क्रममा अलमलमा पर्दछ । डाइलेमा मोडमा पर्दछ भन्दा पनि हुन्छ । यदि सीपीयले यस अवस्थामा आफ्नै ज्ञान, पछिल्ला प्याटर्न र अनुभवमा भर पर्ने भएमा र भएको अवस्थालाई विवेको अवस्था मान्न सकियो, अझ सरल गर्छु आर्टीफिसियल इन्टेलीजेन्सको अध्ययनको कडी पनि यहि त हो । यदि सीपीयुको अनुभव, ज्ञान र प्याटर्न कम हुन गएमा या अपर्याप्त भएमा सीपीयुले गलत निर्णय लिन्छ ।

आगोमा एकफेर हात पोलेको बालकको उदहारण लिऔं, पहिलो पटकको अनुभवले उस्ले दोश्रो पटक हात पोल्न जाँदैन र उस्को दिमागले त्यो अनुभवबाट ज्ञान लिन्छ, त्यस्तै सीपीयुलाई पनि एउटा दिमागसंग तुलना गर्दा पछिल्ला अनुभवका आधारमा निर्णय लिनु र सिस्टमले सिक्दै जानु नै आािर्टफिसियल इन्टेलिजेन्स हो ।

संसार त्यतिबेलामात्र संसार भयो जब यहाँ बस्नेहरुले संसारलाई व्याख्या गर्ने शब्दहरु खोज्न थाले । मान्छेले भित्री मनको एउटा तहमा नदेखिने कुराहरुमा बिश्वास गर्ने गर्दछ, जस्तै कि आत्मा, शान्ति, ज्ञान , मोक्ष लगायत थुप्रै । लेखक जर्ज जारकादाकिसको बिचार सापट लिन्छु कि शब्द बिना न संसार हुनेथियो न त कुनै यथार्थ । हामीले विश्वलाई परिभाषा गर्ने शब्द नपाएको भए विश्व विश्व हुने थिएन । हामी नदेखिने कुरामा धेरै विश्वास गर्दछौं, अमुर्त कुराहरु भनौं न । अमुर्त आत्मा, उर्जा अनि शरीर र आत्माको फरक इत्यादि । के यो विश्वास कम्प्युटरको हार्डवेयरको कार्यगत कुशलताका लागि नदेखिने सफ्टवेयरको कमाण्ड माथिको विश्वास जस्तो छैन र ?

सुयोग ढकाल
लाइभमाण्डु

For english version:

Is soul a software too?


Loading comments...