
मुन्द्रेको कमेडी क्लबमा नायक दिलिप रायमाझी र नायिका निरूता सिंह
१ चैत्र २०७५, शुक्रबार १३:३०
अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।
कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । आउने एपिसोडमा चर्चित नायक दिलिप रायमाझी र नायिका निरूता सिंह अतिथि बनेर आउंदैछन्। आउने शो को प्रोमो भिडियो सार्वजनिक गरिएको छ ।पाली चलचित्र ‘दर्पण छायाँ’ मा मुख्य भूमिकामा देखिएका निरूता सिंह र दिलिप रायमाझीको जोडीलाई दर्शकले भुल्न सकेका छैनन्। नेपाल बाहिर भएका यी दुई कलाकार अहिले नेपाल आएका छन्। हेर्नुहोस् मुन्द्रेको कमेडी क्लबमा आए नायक दिलिप रायमाझी र नायिका निरूता सिंह।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको
मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत
दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ