कान दुख्ने समस्या कसरी सुरु हुन्छ? र यसको समाधान के छ ?


कानलाई तीन भागमा बिभिजन गर्न सकिन्छ :
पहिलो: बाहिरी भाग; पोष्टको चित्रमा बाहिरी कान देखि भित्र बिचको कानको जाली सम्मको भाग ।

दोश्रो: कानको जाली पछाडीको भाग जहाँ तीन वटा मसिना हड्डी हुन्छन । जुन हड्डीले बाहिरी आवाज आएर कानको जालीमा ठोक्किने बित्तिकै त्यहाँ बनेको कंपनलाई अझै ठुलो बनाउने गर्छ (चित्रमा हरियो भाग) । यो दोश्रो भाग (middle ear) बाट सानो pipe तल नाकको पछाडी र भित्र गएको याद गर्नुस (चित्रको रातो भाग) । यो pipe लाई eustachian tube भनिन्छ । तपाईं जहाज वा elevator वा पहाड चढ्दा ओर्लंदा कान दुख्ने वा अलि फरक अनुभब भएको महसुस गर्नु भएको छ भने यो tube (eustachian tube) ले कानको बाहिरी pressure र भित्रको pressure संयोजन गर्न खोज्दा त्यस्तो अनुभब भएको हो । कानको भित्रि भाग र नाकको भित्रि भागमा air bubble exchange हुने गर्छ यो बेला । यदि tube मा असर पर्दा भित्रि कानको समस्या पनि हुने गर्छ ।

तेश्रो: Middle ear मा भएको आवाजको कम्पनलाई बुझिने आवाजको रुपमा बदलेर ति तरंगहरु दिमाग तर्फ पठाउने ठाउँ (चित्रमा निलो भाग) ।

१. कान दुख्ने समस्या कसरी सुरु हुन्छ?
कानको मध्य भाग (middle ear) मा उत्पादन हुने तरल पदार्थ सानो नली हुँदै नाकको पछाडी (भित्र) खस्छ । याद गर्नुस! फेरी यो नलीलाई eustachian tube भनिन्छ (चित्रको रातो भाग) । जब allergy, virus, bacteria आदिको कारण रुघा खोकी, पिनास, tonsilitis हुने, नाक बन्द हुने आदि समस्या हुन्छ तब उक्त eustachian tube जाम हुन सक्छ । यदि tube जाम भयो भने तरल पदार्थ ओर्लन पाउंदैन, back up हुन्छ अनि जिबाणुहरु हुर्कंदै जान सक्छन र infection सुरु हुन्छ । यदि उक्त tube २-३ दिनमा खुल्यो भने समस्या आँफै समाधान हुन्छ नत्र त्यो तरल पदार्थ बाक्लिएर भित्रि कानलाई असर गर्न थाल्छ । कान भित्र कुनै जिबाणुनै नभएको अवस्थामा पनि निकास नपाएको त्यो पदार्थ बाक्लिदै गएर अनि झन् झन् धेरै जम्मा हुँदै गएर कानको जाली भित्रबाट बाहिर धकेलिने, सुन्निने र उस्तै परे कानको जाली फुट्ने हुन्छ । भित्रि कान दुख्दा टाउको दुख्ने, ज्वरो आउने, बाक्वाक्ति हुने, कान नछुंदा पनि दुख्ने, कान कराउने, कान सुन्न छोडेको जस्तो हुने गर्छ । रुघा खोकीले घ्यार घ्यार, पिनास, tonsillitis आदि हुँदा वा भएको केहि दिन पछि कान दुख्यो भने भित्रि कान (middle ear) मा असर भएको भनेर बुझ्नु पर्छ ।

कानको बाहिरी भाग (बाहिरी कानको लोती देखि भित्र जालोसम्म) outer ear मा सामान्यतय हल्का जिवाणुहरु जस्तै bacteria, fungi भैरहेका हुन्छन । यदि यस भागमा कानेगुजी धेरै जम्मा भो भने नुहाएपछी पानी लामो समयसम्म अड्कन सक्छ । जसले गर्दा त्यहाँ भएका जिवाणुहरु ह्वात्तै छिटो बढ्न सक्छन र कान पाक्न सुरु हुन्छ । कान चिलाउँदा जथाभाबी pin, Q-tip हरु कान भित्र लैजाँदा भित्रको कानेगुजी झनै भित्र पस्ने सम्भावना हुँदा पछि गएर कानेगुजी एक ठाउँमा धेरै जम्मा हुने र भित्र पसेको पानी थोरै भित्र अड्कने सम्भावना रहन्छ । अर्को कुरा त्यसरी जथाभाबी pin, Q-tip हरु कान भित्र लैजाँदा कानको भित्रि भाग थोरै मात्र पनि खोसियो भने पनि जिबाणुहरुले शरीरको कोष भित्र पसेर फैलने मौका पाउँछ । कानेगुजी थोरै मात्रामा कानमा हुँदा कानलाई फाईदा नै गर्छ । यो हल्का wax जस्तो हुनाले जिबाणुहरु यसमा हुर्कन सक्दैन र कानको कोषमा आक्रमण गर्ने मौका पाउंदैन । धेरै जम्मा भो भने चाही कान भित्र पसेका पानी, धुलो, मसिना उड्ने किरा आदि भित्रै अड्किने र समस्या दिने हुन सक्छ ।

२. बाहिरी कान दुख्ने समस्या (otitis externa) भए के गर्ने ?
बाहिरी कान outer ear (कानको लोती देखि भित्र जालोसम्म) दुख्ने गरेको भए:

  • नुहाउनु अघि जहिले पनि दुवै कानमा अलि ठुलो कपास राख्ने (धेरै भित्र नधकेल्ने) वा moldable ear plug पाइन्छ भने यसको प्रयोग गर्ने
  • नुहाएर भ्याएपछि दायाँ बायाँ घोप्टी पारेर दुवै कानबाट सबै पानी निकाल्ने; कपासको मसिनो रेसा बनाएर कानमा छिराएर पानी सोस्ने वा मिल्छ भने hair dryer लाई low setting (cold) मा राखेर दुवै कानमा blow गर्ने २-२ मिनेट;
  • कानको दुखाई कम गर्न तातोले (कपडा तातो पानीमा भिजाएर, निचोरेर) कानमा सेक्ने । त्यसले भएन भने paracetamol (acetaminophen) वा ibuprofen दिनको २-३ पटकसम्म खाने । दुखाई कम भएन र कान पाक्दै गयो भने लगाउने थोपा वा खाने चक्की antibiotic लिनु पर्ने हुन्छ ।

एक पटक कान दुख्न सन्चो भएपछि अर्को पटक यस्तो नहोस भनेर फार्मेसीमा गएर कान सफा गर्ने औषधि (carbamide peroxide र glycerol को मिश्रण वा अन्य मिश्रण) किनेर ३-३ महिनामा लगाउने (तर यस्तो कुरा कान दुखेकै बेलामा भने प्रयोग नगर्ने) । Ear irrigation = कानमा पहिला औषधि राखेर अनि पिच्कारी जस्तोले सफा गर्ने तरिका पनि हुन्छ । तर यो नेपालमा पाउँछ या पाउंदैन थाह भएन । यसरी कान २-३ महिना बिराएर मात्र सफा गर्नु पर्छ ।

गाउँघरमा कानमा तेल हाल्ने चलन हुन्छ । यदि यस्तो चलन तपाईंको घरमा पनि छ भने तेल हालेपछि सोहि दिन (५-६ घण्टा भित्र) कपासको रेसा बनाएर त्यो तेल कानबाट बाहिर निकाल्नु पर्छ । भित्र धेरै तेल जम्मा भयो र सोहि तेलको कारण फोहोर मैला टाँसिएर बस्यो भने त्यसले झन् बढी समस्या दिन सक्छ ।

कान सफा गर्ने अर्को उपाय भनेको {rubbing alcohol (70% Isopropyl alcohol)} र {vinegar (acetic acid)} को २:१ भाग अथवा {Hygrogen peroxide} र {पानी} १:१ भागको को मिश्रण बनाएर कानमा ५-१० थोपा राख्ने अनि सफा गर्ने । यी कुराहरु कानको जाली फुटेको बेलामा प्रयोग गर्नु हुँदैन । महिनाको एक चोटी यी कुरा प्रयोग गरेर सफा गर्नु पर्छ ।

गाउँघरमा कान दुख्दा अधुवाको रस तताएर (वा तेल पनि मिसाएर) लगाउने चलन हुन्छ । काम गर्छ भने यसो गर्दा हुन्छ तर ५-६ घण्टा भित्र कान सफा गर्नु पर्छ । ति कुराहरु भित्र अड्किएको हुन सक्छ निकाल्नु पर्छ l कपासको मसिनो रेस बनाएर कान भित्र लगेर सोसेर निकाल्दा पनि हुन्छ । याद गर्नुहोस्! कानको जाली फुटेको बेलामा यसो गर्नु भो भने तपाईंले समस्या १०० गुणा बढाउनु भो, नभएको समस्या थप्नु भो ।

३. बारम्बार भित्रि कान दुख्ने समस्या (otitis media) भए के गर्ने ?
भित्रि कान (middle ear) बारम्बार दुख्ने भए (रुघाखोकी, पिनास, tonsillitis आदि हुँदा वा पछि कान पनि दुख्न सुरु हुने गरेको भए):

बच्चाबच्चीलाई चुरोटको वा गाडीको धुँवा, धुलो आदिबाट टाढा राख्ने । यस्ता कुरा नाक भित्र पस्दा allergy को रुप लिन सक्छ । अर्थात् यी निकै मसिना धुलो धुँवाहरु नाकका भित्रि कोषमा लामो समय अड्किएर बस्छ जसले गर्दा शरीरको रोग प्रतिरक्षा प्रणाली (immune system) ले बाहिरी डरलाग्दो threat ठानेर अनावास्येक मात्रामा reaction देखाउँछ । यी तत्वहरु बाहिर निकाल्न र शरीरलाई जोगाउन नाकभित्रका कोषहरू सुन्निने फुल्ने आदि हुन्छ । यसकारण (पोष्टको चित्रमा कान देखि नाक तर्फ ओर्लिएको, रातो भाग) eustachian tube को मुख थुनिन सक्छ अनि त्यहाँबाट तल ओर्लिने पदार्थ ओर्लिन नपाई back up भएर कानको भित्रि भागमा जम्मा हुन्छ र infection सुरु हुन्छ ।

  • बच्चालाई दुध चुसाउँदा वा bottle मा खाने भए हल्का ठाडो पारेर खुवाउनु पर्छ । तेर्सो पारेर खुवाउँदा पोष्ट मा देखाएको रातो भाग (eustachian tube) को नाक नजिकको निकासमा गएर असर गर्न सक्छ जसले गर्दा middle ear मा समस्या सुरु हुन सक्छ । बच्चाको eustachian tube पोष्टमा देखाएको जस्तो त्यति ओर्लिएको हुँदैन हल्का तेर्सो हुन्छ l जसले गर्दा कानमा चांडो समस्या सुरु हुन्छ ।
  • रुघाखोकी लागेकाको नजिक नबस्ने, बारम्बार हात धुने बानी बसाल्ने;
  • Allergy को season सुरु हुने बित्तिकै त्यो season भर allergy को औषधि खाने; salt-water spray गरेर नाकको भित्रि भाग सफा गरिराख्ने; बाफ लिने;
  • ज्वरो १०२ नागेको भए वा कानको दुखाई सहनै नसकिने गरि दुखेको २ दिन भन्दा धेरै भए डाक्टरकोमा गएर antibiotic लिने नत्र paracetamol (acetaminophen) वा ibuprofen दिनको २-३ पटक सम्म खाने र आराम गर्ने;
  • कसैको antibiotic बारम्बार खाँदा पनि कम हुँदैन । यस्तो भएको खण्डमा bacteria ले antibiotic संग resistance build up गरेको हुन पनि सक्छ र अलि फरक खाले antibiotic लिनु पर्ने हुन सक्छ । यदि यस गर्दा पनि भएन वा पटक पटक दोहोरियो भने कानको जालीमा सानो प्वाल पारेर tympanostomy tube राख्नु पर्ने हुन्छ । यसलाई grommets वा ventilation tubes नामले पनि चिनिन्छ । यो tube ले कानको भित्रि भाग (middle ear) मा जम्मा भएको बाक्लो पदार्थ बाहिर निकाल्ने र शरीरलाई आँफै heal गर्ने (सन्चो पार्ने) मौका दिन्छ । केहि महिनामा कानको जालीले उक्त tube बाहिर पट्टि धकेलीदिन्छ र tube कानबाट झर्छ ।
  • यस्तो समस्या भइराख्नेले नियमित flu virus बिरुद्धको vaccine (flu shot प्रत्येक साल) अनि pneumonia बिरुद्धको vaccine (pneumococcal shot प्रत्येक ५-५ बर्ष) लिनु पर्छ ।

४. कान दुख्दैन तर टिनीनिनि भएर अनौठो आवाज आउने गर्छ l किन होला ?
धेरै पहिले लामो समयसम्म middle ear (पोष्टमा देखाएको हरियो भाग) मा समस्या भएर त्यस भागमा हुने मसिना तीन वटा हड्डीमा समस्या भएको कारणले, कानको बाहिरी भागमा कनेगुजी धेरै जम्मा भएको कारणले, Inner ear (कानको तेश्रो भाग जसले दिमागमा आवाजको संकेत पठाउँछ, पोष्टमा देखाएको निलो भाग) मा समस्या हुनाले, चर्को आवाजको कारणले, उमेर संगै भित्रि कानमा आएको परिबर्तनले, कानमा जाने रक्तसंचार प्रणालीमा भएको गडबडीले लगाएत धेरै कारणले यस्तो हुन सक्छl यस्तो भएको खण्डमा ENT doctor को मा गएर जँचाउनु पर्छ l

कसैको उपचार हुन्छ, कसैको हुँदैन । उपचार नहुने खालको हो भने आँफु नजिक सानो आवाज आउने कुरा वा radio/music लगाएर कान भित्रको आवाजलाई mask गर्नु (ओझलमा पार्नु/ दबाउनु) पर्छ । कसैकसैको आँफु बोल्दा, सास फेर्दा, खानेकुरा निल्दा eustachian tube को नाक नजिकको भाग अनावास्येक रुपमा (बन्द हुनु पर्ने समयमा) खुल्ने भएर ति भित्रि आवाजहरु भित्रि कान (middle ear) मा गएर ठोक्किन्छ र सहनै नसकिने वा निकै अप्ठ्यारो पार्ने आवाज कानमा गुन्जी रहन्छ । यस्तो अवस्थालाई Patulous Eustachian Tube भनिन्छ । यसको उपचार गर्न मिल्छ तर नेपालमा सबै ठाउँमा यसको उपचार हुन्छ या हुँदैन मलाई थाह भएन ।


डा. कल्याण सुवेदीका अन्य स्वस्थ सम्बन्धी लेखहरु 


Loading comments...