#मिटु घरवेटी दिदि


subash Bhandari
लेखक: सुबास भण्डारी

किर्तिपुरमा कोठा पाइदैन भन्ने ठुलै हल्ला थियो साथीहरुको । व्याचलरको रिजल्ट पश्चात मास्टर अध्ययनको लागि म काठमाडौ आएको दुई दिनमै कोठा पाइयो । कोठा खोज्दै जाँदा एउटा घरमा कोठा खाली छ भनी सोध्दा एक जना दिदिले केही वेर टोलाएपछि भन्नु भयो छ बाबु । उहाँको हेराई निकै अनौठो थियो ।

उक्त घरमा घरबेटी बा,आमा र उहाँको छोरी बस्नु हुन्थ्यो उहाँको छोरा चाही जापान हुनुहुदो रहेछ । पानीको केही समस्या थियो तर किर्तिपुर क्षेत्र सबैतिर यस्तै हो, भन्ने साथीहरुको भनाईले त्यो कुनै समस्या जस्तो लागेन । पानी भर्ने समयमा घरवेटी दिदि सधैँ आउनु हुन्थ्यो, अनि उहाँको त्यो अनौठो हेराईले मलाई हेरिरहनु भए जस्तो लाग्थ्यो । उहाँको उमेर करिब ३० बर्ष हुदो हो, तर उहाँ निकै आर्कर्षक देखिनुुहुन्थयो । गोरो गोलो अनुहार, छोटो कपाल, टम्म मिलेको छाति अनि ठुला ठुला आँखा । पानी भ¥यौ उहाँले प्रत्येक दिन मलाई सोध्ने प्रश्न यहि थियो । समय वित्दै जादाँ उहाँको त्यो हेराई झन झन गम्भिर लाग्न थाल्यो । घरबाट टाढा अध्ययनको लागि आएको म, घरबेटीको त्यसप्रकारको हेराईले मेरो मनमा अनेक कुराहरु खेल्न थाले । सायद म पनि एक प्रकारको डरमा थिए वा उत्साहमा थिए, घर छाडेपछि के सँग डराउनु उहाँले नै त्यसरी हेरनु हुन्छ भने पनि पनि अब उहाँको हेराईमा मेरा नजरहरु नडराई अनि नडगमगाई उहाँको हेराईको जवाफ मुस्कानले दिने निर्णय गरे ।

विहान पसलमा चिया पिएर फर्कदा उहाँले सोध्नु भयो कहाँ गएर आएको ? चिया पिएर । उहाँले मतिर हेरिरहदा, मैले मुस्कान उहाँतर्फ परावर्त गरे अनि उहाँबाट पनि एउटा मिठो मुस्कान जवाफमा पाए । मलाई अरु के नै चाहियो र मनमा अनेक उत्साहरु सल्वलाउन थाले । एउटा अनौठो इच्छा पलायो , अब केटो नो मोर भर्जिन । मेरा यौन आंकक्षाहरु मस्तिष्कमा एउटा दौड लगाउदै थिए । त्यो बाटुलो अनुहार आर्कषित लाग्न थालेको थियो । उमेरले उँहामा पनि यो प्रकारको आर्कषण हुन स्वभाविक नै हो जस्तो लाग्थ्यो, किन अझसम्म विहे नगरेको होला, जे सुकै होस मेरो मोजका दिन शुरुभए भन्ने जवाफ म स्वयम बाट पाउँथे । त्यसपछिका रातहरु केही असहज लाग्न थाले किनकी उहाँसँगको साथको कल्पनामा हुन्थे, अनि सोच्थे अब छिटै यि कल्पनाहरु वास्तविक्तामा परिणत हुनेछन ।

धारामा कपडा धुदै गर्दा कपडा मिचिरहँदा मच्चिएको उहाँको शरीरले मलाई आनन्द दिई रहेको थियो । इनारबाट पानी निकाल्ने बाहनामा म उहाँको शरीरको अध्ययन गर्न व्यस्त भए । त्यसदिन अलिक कुराहरु भए , उहाँले मेरो घरपरिवारको बारेमा सोध्नु भयो मैले सबै जवाफ दिए । केही चाहियो भने भन्नु ? यो भनिरहदाँ चाहिन त धेरै कुराहरु चाहिएको छ भन्नु जस्तो लागेको थियो ।

त्यसपछि कहि बाहिर काम परे उहाँ मलाई बोलाउन लाग्नु भयो म पनि निकै उत्साहका साथ उहाँसँग जाने थाले, खाजा खान रेष्टुरेन्टमा लैजानु हुन्थ्यो अनि टोलाउनु हुन्थ्यो । मैलो विभिन्न पुस्तक तथा फिल्मबाट यौन आंकक्षा कसरी देखिन्छ भन्ने सन्दर्भमा केही जानकारी पाएको थिए उहाँको यो वानीले म शतप्रतिशत आशामा थिए कि छिट्टै केही हुनेवाला छ । यो व्यवहार देख्दा लाग्न थालिसकेको थियो कि छिट्टै यो सम्बन्ध मैले सोचे जस्तो हुनेछ , सायद म स्यालले ¥याल काडे सरी ¥याल काढिरहेको थिए ।
एकदिन खाना बनाउदै गर्दा घरबेटी बा आतिदै आउनुँ भयो , बाबु एउटा टयाक्सी लिएर आउनु पर्यौ छिटो । म हतार हतार टयाक्सी लिएर आए, घरवेटी दिदि वेहोस अवस्थामा हुनुहुन्थ्यो , के भयो निकै डर लागिरहेको थियो । अस्पताल लगेर सामान्य उपचार पछि उहाँलाई घर ल्याइयो । उहाँलाई यसप्रकारको समस्या पहिले पनि धेरै पटक देखिएको रहेछ ।

साथी मनोजलाई सबै कुरा सुनाउँदा उसले मानसिक विरामी पो रैछ कि भन्दा मलाई अनौठो डरले सताउन थाल्यो । हैन होला घामले , मौसमले अनि सामान्य कमजोरीले पनि वेहोस भैहाल्छ नि, म आफनो डरलाई शान्त पार्न यि शब्दहरु भनिरहेको थिए ।पछिल्ला दिनहरुमा पनि उहाँ मतर्फ हेरेर टोलाउन छाडनु भएन, अनि त म पनि त्यो हेराईलाई कुनै रोगको संज्ञा दिन लागे उहाँको हेराईले केही दिन पहिला दिएको उत्साह एकाएक डरमा परिणत हुन थाल्यो । मेरा यौन इच्छा हरु एकाएक विलन भए, उहाँको शरीरलाई देखेर उत्साहित हुने म आज आतिदै थिए । उहाँले एकहोरो हेरिरहदाँ मलाई म एउटा हिसांमा परेको आभास लाग्न थाल्यो ।

त्यसपछि म उहाँसँगको सामिप्यताबाट डराउन लागे । बाहिर कतै जाने उहाँको अनुरोधलाई म विभिन्न वाहना बनाएर टार्न थाले । त्यो हेराई अनि मुस्कान झन झन घातक लाग्न थाल्यो अनि म कोठा सर्ने निर्णय गरे । कोठा फेला परे पछि दिनुपर्ने बाकी भाडा बुझाउन र कोठा सर्ने खबर सुनाउन घरबेटीलाई बोलाउन गए । घरबेटी आमाले कोठामा बोलाउनु भयो, कोठा निकै सजिएको थियो । तस्बिरहरुले भरिएको त्यसैमा एउटा तस्बिर जसमा फुलको माला चढाइएको थियो । त्यो फोटो हेर्दौ गर्दा आमाले भन्नु भयो यो मेरो कान्छो छोरा , भुइचालोले लग्यो त्यसैले दिदिलाई पनि अलि सन्चो छैन । तिमी भाई जस्तै लाग्यो भन्दै थिइन ।
तिमीलाई देख्दा भाईको याद आाउछ रे, तिम्रो हाँसो पनि उसको जस्तै छ ।

अनि म मौन……..

लेखकबाट अन्य 

#मिटु घरवेटी दिदि

मुला म

दुखद भेट,सुखद शुरुवात

देश सिकाउने ठाँउ


Loading comments...