जिवनशैलीगत रोगहरु


हाम्रो पूर्ववतः सोचाई, रोग भनेको शरीरमा लाग्छ, नसा, हड्डि, आँखा, हात, खुट्टा, मुटु, फोक्सो लगायत अगंहरुमा भन्ने मान्यता हामीमा छ, जून धेरै हदसम्म सही पनि हो । शरीरनै रोग को घर हो, यदि यस्लाई हामीले राम्रो आहार, विहार अनि सोचले भर्न सक्यौँ भने हामी स्वस्थ्य रहन सक्छौ तर एकफेर परिकल्पना गरौ न , यदि हामी एकदमै राम्रो आहार अनि विहार गरिरहेका, धुम्रपान अनि मदिरापान लगायतबाट कुलतबाट पनि पर छौ, तथापि हाम्रो जिवनशैलीमै केही खराबी छ भने हामी स्वस्थ्य रहन सकौला त ?

विश्वभरि अहिले रोग अनि संक्रमणको कुरा गर्दा लाइफस्टाइल डिजेज अर्थात जिवनशैलीगत रोगहरुको चर्चा गर्न थालिएको छ, मान्छेको जिवनशैलीमा भएका आधारभुत त्रुटीहरुले उस्लाई विनाकुनै नराम्रो वानी अनि दुर्घटना, रोगी बनाइरहेको हुन्छ । हामीले पनि त देखेका छौ नि कि कहिल्यै पनि धुम्रपान नगरेका मान्छेहरुलाई पनि फोक्सोको क्यान्सर भएको या मधपान नगर्ने मान्छेलाई पनि लिभरको समस्या भएको र थुप्रै अरु उदहारणहरु हामीले देखेका र सुनेका छौ । यस्ता धेरै रोगहरु का कारण हामीले जानअन्जानमा अपनाएका जिवनशैलीहरुनै हुन, अहिले अन्तराष्ट्रियस्तरमा यस्ता जिवनशैली समबन्धी विभिन्न रोगका कारणहरु र जिवनशैलीगत रोगका बारेमा छलफल र अध्यनभइरहेको छ । आउनुहोस् आज लाइभमाण्डु मार्फत हामी तपाइसमक्ष यस्ता जिवनशैलीगत रोगका बारेमा कुरा गर्दै यस्ता कुराहरुबाट अमुल्य जिवनलाई जोगाउने प्रमुख कुराहरुमाथी छलफल गर्दछौ ।

हरेक दिन बढ्दै गइरहेको अर्थतन्त्रिय प्रभाव, एकल परिवार अनि ब्यस्त जिवनशैली र एकदमै फितलो खान्किहरुले गर्दा मान्छेहरुको जिवनशैली अझ तनावग्रस्त अनि रोगहरुको संभवना दिनप्रतिदिन बढ्दै गइरहेको छ । हामीले छानेको जिवन बाँच्ने तौरतरिकाहरु अनि दैनिकिकाकारण हाम्रो जिवनमा बढेर जाने रोगलाग्न सक्ने संभावनाको बारेमा आज हामी यहाँ छलफल गर्न जादैछौ ।हामीलाई कुनै रोग या संक्रमण भइहाले पनि आफ्नो उपचारपद्धतीले शारीरीक रुपमा मात्र केन्द्रित औषधी र उपचारहरु गर्दछ तर हरेक प्रकारका रोगलाई निर्मुलगर्न शारीरीक र मानसिक दुबै सशक्त पार्न एकदमै जरुरी छ र त्यतिनै छ जिवनशैलीको स्वस्थ्य अभ्यासहरु ।

हामी हरेक जना मानवहरु आफैमा एकदमै स्पेसल छौ तसर्थ आँउनुहोस जिवनको यो अमुल्य स्पेसियाल्टीलाई जिवनशैलीमार्फत कायम राख्न के के गर्नु आवश्यक छ, छलफल गरौ ।

१) पारिवारीक स्वास्थ्यको इतिहास र पुस्तैनी रोगहरुको बारे जानकारी लिनु
बाउबाजेमा भएका रोगहरु अनि परिवारमा आमा बुवा या मामाघर अनि घरतिरका परिवारमा देखिएका रोगहरु तपाईमा पनि देखिन सक्ने संभावना हुन्छ तसर्थ यस्ता रोगहरु प्रति हामी बेलैमा सजग रहन पर्छ नै । हामीले हाम्रो जिनमा भएका रोगहरुमाथि नियन्त्रण गर्न नसकेपनि हाम्रो जिवनशैलीमा त नियन्त्रण गर्न सक्छौ नि ? परिवारमा अत्याधिक कोलेसटेरोल या डाएवेटिजको समस्या छ भने बेलैमा हामीपनि दैनिक ब्यायाम या चिल्लो अनि वोसोयुक्त खानेकुराबाट परै बसेको या त्यस्ता खानामा नियन्त्रण गरेको ठिक हुन्छ ।
तसर्थ आफ्नो पारिवारीक रोगहरुको इतिहास तर्फ पनि ध्यान दिन जरुरी छ ।

२) समय समयमा स्वास्थ्य जाँच गराउनु जरुरी छ
सामान्यतया हामी नेपालीहरु केही भएपछि या स्वास्थ्य समस्या देखिएपछिमात्र स्वास्थ्य जाँच गराउन जान्छौ, तर यो एकदमै गलत हो । समस्या देखिन अगाडिनै हामीले वर्ष दिनमा एकफेर या ६ महिनामा एकफेर आफ्नो श्वास्थ्य जाँच गराउन जरुरी छ । स्वास्थ्य जाँच भनेको एकदमै धेरै पैसा खर्चहुने या समय लाग्ने कुरा पनि त हैन, डाक्टरको सल्लाह वमोजीम केही रगतको प्रारम्भीक जाँच र आवब्यक परेमा थप केही जाँच गरेर आफ्नो शरीरका बारेमा ख्याल गर्न सकेमात्र पनि हामी धेरैहदसम्म रोगलाग्न नदिन सक्छौ तर रिपोर्ट अनुसारको आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउन भने जरुरी छ ।

यसो गर्नाले शरीरमा भएका आधारभुत र महत्वपूर्ण अगंहरुले कस्तो काम गरिरहेका छन, केही कुरामा कमी छ या छैन र सुधारगर्नुपर्ने कुराहरु वेलैमा थाहा हुन्छ ।

३) विज्ञको सल्लाह बमोजीम दैनिक ब्यायाम गर्नु
हामी धेरैजसो ब्यायाम गर्ने भनेपछी एकदमै अल्छि मान्छौ, केही समय हिडनु पर्योभने या सामान वोक्नुपर्यो भने आफ्नो स्वाभीमान र जिवनस्तरमाथी प्रश्न गर्छौ जून विल्कुल गलत हो । ब्यायाम गर्न जानेहरु पनि आफ्नै तालमा गलत प्रकार र अनुचित तवरअनुसार ब्यायाम गर्दछौ , खास्मा ब्यायाम भनेको शरीरलाई दुस्ख दिनुमात्र हैन । ब्यायाम विज्ञ या फिजियोथेरापिस्टसँग गएर हामीले ब्यायाम सिक्न सक्छौ र यो खर्चिलो पनि छैन । एकदिन गएर उनिहरुसँग सिकेको ब्यायामगर्ने उपयूक्त तरिकालाई हामीले घरैवसेर सधै आफै गर्न सक्छौ ।
उदहारणका लागी तपाइको ढाड दुख्ने समस्या छ भने ठ्याक्कै ढाडको त्यो दुखाइलाई कम गर्न र त्यहाको नशा र मांशपेसीहरुलाई सक्रिय गराउने छुटै ब्यायामका तरिकाहरु नसिकेसम्म हामीले गरेको ब्यायामले समस्याको समाधान हैन थप समस्या निमत्याउन सक्छ ।
सहिप्रकारको ब्यायाम दैनिक गर्नाले जिवनमा स्वस्फूर्त शक्ति, आशा अनि स्फूर्तिको सञ्चार गराउदछ ।

४) खुशी हुने कारणहरु र तपाइलाई खुशी के ले बनाउँदछ , पत्ता लगाउनुहोस
हामी सबैजनाको खुशीको साँचो फरक फरक हुन्छ, कसैलाई खेल खेलेर खुशी लाग्छ भने कसैलाई कविता या कथा लेखेर , कसैलाई एक्लै संगीत सुन्नमा खुशी लाग्छ भने कसैलाई नयाँ ठाउँ घुमेर या नयाँ साथी भेटेर खुशी लाग्छ । यसरी आफ्नो आफ्नो खुशीको साँचो पत्ता लगाएर त्यही अनुरुप आफुलाई खुशी राख्ने प्रयत्न गर्नुहोला । खुशी भएमा हामीमा भएको तनाव । पिडा अनि रिसमा कमी हुन्छ, जिवनमा उमङ्ग थपिन्छ अनि शरीरमा सकारात्मक हार्मोनहरुको विकास हुन्छ । दिनको कम्तिमा पनि आधा घन्टा आफूलाई खुशी राख्ने क्रियाकलाप गर्नुहोस, र यो खुशीको आधाघन्टालाई स्वस्थ्य जिवनकालागी एउटा छोटो औषधीका रुपमा लिनुहोस । आफ्नो जिवनशैलीमा थोरै परिवर्तन गरेमा हामीले आफुलाई जिवनभरिका लागी स्वस्थ्य राख्न सक्दछौ, स्वास्थ्यनै धन हो । विचार पूर्याउन जरुरी छ ।
लाइभमाण्डु


Loading comments...