तिमी पनि छिटै लोप हुनेछौ


subash Bhandari
सुबास भण्डारी

हामी निकै खुसी थियौ । सबै जना खुसीमै हुर्किरह्यौ । चराचुरुङ्गीको चिरबिर, पानीका थोपाहरु अनि त्यो वहने चिसो हावासँग रमाउदै दिनहरु बित्दै थिए । तर अचानक एक दिन एउटा प्रलयको आवाज आयो , दिउसै अन्धकारको आभाष लाग्न थाल्यो , अनि डर हरुले भरिएका वादलहरु यताउता मडारिन थाले । रुवाईहरु म स्पष्ट सुन्दै थिए , बिन्ती मलाई बचाऊ । ति आवाज हरु केही समयमा झन झन ठुलो हुदै गए , अनि केही वेरमै मेरो अगाडि, मेरा साथीहरु जो सँग म सगँै हुर्किए, बढे , खले उनीहरु लड्न लागे । निकै जोडसँग आवाज आयो डयाम्म सबै भुइमा पछारिए । हेर्दा हेदौ मेरो अगाडि पुरा बन उजाड हुदै थियो , अब पालो मेरो थियो ।

चराचुरुङ्गी भाग दौड गर्दौ थिए , अनि अचानक त्यो एक जोडि ढुकुरको माया लाग्यो जसले केहीदिन अघि मात्र मेरो शरिरमा आफनो घर बनाएर दुई चल्लाहरु हुर्काउदै थिए । अब मेरो अस्तित्व मेटिने छ , अनि मसँगै यि ढुकुरका अवोध चल्लाहरुपनि मेटिने छन, अनि मेटिने छ यो पुरा बन जसमा मानिसले एउटा ठुलो मान्छे बोकेर उडने चरा राख्ने ठाउँ बनाउदै छन । हो आज धेरै कुराको अस्तित्व लोप हुनेछ, म जस्तै लाखौ रुखहरु, लाखौ चराचुरुङ्गी तथा जिवजन्तु विस्थापित हुनेछन । सुन्दर भविष्य बनाएका अनि आकाशमा उडन चाहेका मेरो हागाँमा भए जस्ता कयौ चल्लाहरुको सपना पनि लोप हुनेछ । अब देखि यहाँ बग्ने हावाले पनि अर्को बाटो मोडने छ, यहि बाटो आउदा प्रत्येक पातहरुसँग खेल्ने उ निराश हुनेछ । तप तप गर्दौ झर्ने पानीका थोपाहरु पनि अब देखि एकलिने छन । हो अब यहाँ धेरै कुराहरु लोप हुनेछन । विलाउने छन यो संसारदेखि ।मलाई मेरो अस्तित्वको डर छैन डर लाग्छ त तिम्रो अस्तित्वको । तिम्रो अस्तित्व पनि मेरो अस्तित्व सँग प्र्रत्यक्ष जोडिएको छ । याद गर्नु ।

कुनै दिन यहाँ डाइनासोरको अस्त्तिव थियो । समय बदलियो, अवस्था बदलियो अनि लोप भयो त्यो शक्तिशाली प्राणी पनि । त्यसैले आजकल तिम्रो अस्तित्वको पनि निकै डर लाग्न थालेको छ । तिम्रो अस्तित्व पुर्न स्वयम तिमी आफै टक्र्र्रीएको छौ अनि खन्दैछौ आफनै चिहान खुसी खुसी बसिरहेको छौ चिता माथि । त्यो चिता नै हो अनि हो त्यो चिहान , जसलाई तिमी आधुनिकरणको सज्ञा दिन्छौ । तिमीले बनाएको त्यो विशाल आणविक भट्टि तिम्रै अगाडि पडकिनेछन, खसनेछन ति क्षेप्यास्तहरु शिधै तिम्रो शरिर माथि अनि बर्सिनेछन ती गोला बारुदु तिम्रो अस्तित्व माथि अनि तिमी पनि लोप हुनेछौ । बिकास भन्दै गरिरहेको बिनास अनि प्रदुषणले तिमीलाई भित्र भित्रै खोक्रो बनाइरहेको छ धमिराले खाएको रुख जस्तो । पुराना ति पानीका मुहान हरुको अस्तित्व मेटाउने तिमी अब केही समयमा नै तिमी पानीको मुहानको अभावमा तिम्रो अस्तित्व पनि अन्तिम श्वास लिइरहेको हुनेछ । त्यो जातो घुम्दा घम्दै घुमाउन छाड्यो, त्यो ढिकिले पिस्दा पिस्दै , पिस्नै छाडयौ त्यसैगरी तिमी हास्ँदा हास्दँै हास्नै छाडने छौ ।

एकदिन मानवता पनि लोप हुने पक्का छ, जसरी तिम्रा बुबाले काँधमा बोकेर हिड्ने त्यो रेडियो लोप भयो, बज्दा बज्दै चल्दा चल्दै । तिमी पनि त्यही रेडियो सरी स्टोर कोठाको कुनै कुनामा मिल्किने छौ । तिमी बोल्दा बोल्दै चल्दा चल्दै खोज्ने छैनन् अनि सुन्ने छैन्न कसैले । तिम्रो घमण्ड र बलियोपनाले पनि तिमीलाई लोप हुनबाट बचाउने छैन हो, याद गर्नु बलियो हुँदाहुँदै पनि अस्त्विबाट कसरी लोप भयो नोकिया १६०० । पैसाले तिम्रो अस्तित्व जोगाउला भन्ने लाग्दो हो, याद गर्नु पैसाले यदि अस्त्तिव जोगिने भए सायद राजतन्त्र लोप हुने थिएन । तिम्रै अगाडि लोप भएको त्यो सेतो गैंडा अनि त्यसको अस्तित्व, त्यसैगरी तिमी पनि लोप हुनेछौ हराउने छ तिम्रो अस्तीत्व । जसरी आज म ढल्दैछु त्यसैगरी तिमी पनि छिट्टै ढल्नेछौ र मेटिने छौ यो संसारदेखि ।


Loading comments...