Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार

मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’

३ चैत्र २०७५, आईतवार १५:३०


छिमेकी देश भारतमा लोकसभा निर्वाचन आउदै छ । चुनावको समयमा जनताको मन जित्न तरिकाहरु अपनाइन्छ । सन् २०१४ को आमनिर्वाचनमा चायवाला शब्दलाई प्रसिद्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउन लागेको चुनावमा चौकीदार शब्द लोकप्रिय बनाउन खोजेका छन् । आमसभाहरूमा आफूलाई देशको चौकीदारका रूपमा चिनाउने मोदीले शनिवार ‘मैं भी चौकीदार’ शीर्षकमा एक भिडियो जारी गरेका थिए ।

आज चाहिँ उनले ट्विटरमा नाम परिवर्तन गरेर चौकीदार शब्द जोडेका छन् । उनकै सिको गर्दै भारतीय जनता पार्टीका ठूला नेताहरूले पनि आफ्नो नामका अगाडि चौकीदार शब्द जोडेका छन् । अध्यक्ष अमित शाह, रेलमन्त्री पीयूष गोयल लगायतले शब्द जोडेका हुन् । उता विपक्षी कांग्रेस पार्टीले चाहिँ ‘चौकीदार चोर है’ भन्ने नारा बनाएर मोदीलाई घेर्ने कोशिश गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक