
कोरियन भाषा परीक्षाको शूल्क अब ई सेवाबाट तिर्न सकिने
३ चैत्र २०७५, आईतवार १९:००
कोरियन भाष परीक्षाको शूल्क अब ई सेवाबाट तिर्न सकिने भएको छ ।
यसअघि ग्लोबल आइएमई बैंकका शाखामै गएर तिर्नुपर्ने शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको हो ।
बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि चाप देखिएको र जसले पहिले शुल्क तिरेर फारम छिटो भर्छ त्यो नै छिटो जान पाउँछ भन्ने भ्रम पनि फैलिएकाले यो वर्ष ई सेवाबाट पनि शुल्क तिर्न पाउने व्यवस्था गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
परीक्षार्थीले २४ डलर बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिने उनले बताए । यस्तै ग्लोबल बैंकको आइएमई पे बाट पनि शुल्क बुझाउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
चन्द्र ग्रहण (Chandra Grahan 2021) बारेमा खगोल वैज्ञानिकहरुका अनुसार आज (१९ सेप्टेम्बर, २०२१) लाग्ने यस चन्द्र ग्रहण ५८० वर्षपछि सबैभन्दा
साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै