
रक्तसंचार क्षेत्रमा गायिका जोशीको उदाहरणीय कार्य
४ चैत्र २०७५, सोमबार १७:०५
रक्तदान जीवन दानको मूल नारालाई साकार पार्न गायिका इन्दिरा जोशिजिले आफ्नो होली अगावैको कन्सर्टको आयोजक युथ अफ निजगढलाई आग्रह गरि मिति २०७५/१२/०२ गतेरक्तदान कार्यक्रम गौरीशंकर मा. वि., निजगढमा सम्पन गर्नु भएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसईटी निजगढ उपशाखाले सहकार्य गरेको थियो भने नेपाल रेडक्रस सोसईटीपर्सा जिल्ला शाखाको रक्तासंचार केन्द्रले प्राविधिक सहयता गरेको थियो । कार्यक्रम गर्नको लागि गैर आवासीय नेपाली संघकोरक्तसंचार प्रविधि विकास उपसमितिबाटपहलभएको थियो । उक्त कार्यक्रममा १२२ जनाले रक्तदान गरि सो कार्यक्रमलाई सफल पार्नु भएको थियो । जोशीको सो प्रयासले औसतमा ३६६ जनाको जीवन बाच्ने भएको छ ।
नेपालमा सन् १९६६ देखि लक्ष्मी रगत बैंकको सुरुवात गरि नेपाल रेडक्रस सोसाईटीले सरकारको सहयोगमा बिर अस्पतालमा रक्त संचारको सेवाको सुरुवात गरेको थियो।त्यसैले नेपाल सरकारले रक्तासंचारको जिमेवारी नै रेडक्रसलाई दिएको थियो । हालमा नेपाल सरकारले आफै पनि राष्ट्रिय ब्युरो रक्त संचार केन्द्रको स्थापना गरेको छ भने विभिन्न संघसंस्था तथा अस्पतालहरुले पनि रक्त संचार सेवा प्रदान गर्दै आएक छन् । यो कुरामा कुनै दुइमत छैन कि रेडक्रसले यो सेवा सुरु नागरेको भए आज नेपालीहरुले रगतकको अभावमा मर्नु पर्थ्यो तर बद्लिदिदो प्रविधि तथा समयको अनुरुप परिवर्तन हुन जरुरी देखिन्छ ।
संसारमा विकास भएका नया प्रविधिसंगै केंद्रिय रक्त संचार केन्द्र नेपाल रेडक्रस सोसाइटीले पनि रक्तसंचार सेवालाई विस्तार गर्ने प्रयास जारी राखे पनि आर्थिक अभावको कारण आफ्नो सेवालाई सोचे जस्तो विस्तार गर्न नसकेको बताउनु हुन्छ केंद्रिय रक्तसंचार केन्द्र नेपाल रेडक्रससोसाइटीकी निर्देशक डा। मनिता राजकर्णिकार ।
केंद्रिय रक्तसंचार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटीको जन-सम्पर्क अधिकृत संदेश थापाको अनुसार बदलिदो समयको संगै मानिसहरु आ-आफना कार्यमा व्यस्त हुने भएकोले रक्तदाता उत्प्रेरणा दिदा पनि रक्तादताहरुको संख्या जति बढ्नु पर्थ्यो,त्यो रुपमा बढेकोछैन । काठमाडौँ उपत्यका मा मात्र दैनिक हाराहारी ३५० पोका रगतको खाचो पर्ने भएता पनि औसतमा १५० वटा रगत पोका संकलन हुने गरकोले माग अनुसार आपूर्ति गर्न नसकेको कुरालाई उजागर गर्नु भयोल्याब इन्चार्ज श्रवन कुमार श्रेष्ठ ।
नेपाल रेडक्रस सोसीईटीको सोहि समस्यालाइ निवारण गर्न गएको फेब्रवरी २०१७ देखिआवासीय नेपाली संघ, नेपाल सरकार, टी बी आई समूह र नेपाल रेडक्रस सोसेईटी बीच सम्झौता भएको छ । सोहि अनुरुप प्राबिधिक तथा ब्यबस्थापकीय तालिमहरु, देशका विभिन्न ब्लड ब्यांक हरुमा विभिन्न साना ठुला गुण स्तर सुधार परियोजनाहरु साथै रक्तदान बढाउन #IAmABloodDonor ( म एउटा रक्तदाता हु)को अभियान संचालन भएको छ । यस अन्तर्गत विभिन्न उत्प्रेरणा कार्यक्रम, रक्तदान कर्यक्रम, सामुहिक रक्तदाता उत्प्रेरणा कार्यक्रम हुदै छ । नेपाल बाहिर रहेता पनि आफ्नो सामाजिक जिम्मेबारी पुरा गर्न धेरै गैर आबासिय नेपालीहरुले यो अभियानका लागि आर्थिक तथा प्राबिधिक ज्ञान को लगानी गरेका छन् ।“नेपालका लागि नेपाली” भावनालाई उजागर गर्दैगैर आवासीय नेपाली संघको रक्तसंचार केन्द्र प्रविद्धि हस्तान्तरण उप-विभागले यो कुरालाई साकार पार्न विभिन्न कार्यक्रम गरेर आर्थिक सहयोग संकलन गरेर, गरेको यो प्रयास र रगत सेवालाई सर्व सुलभ रुपले हरेक नेपालीलाई पुर्याउने यो अभियानको सुरुवातलाई हामी सबैले साथ र सहयोग गर्न जरुरि देखिन्छ ।
म फरक, मेरो विचार फरक, मैले गर्ने कार्य फरक तर मेरो मन नेपाली र म नेपालीलाई रागतको अभावले मर्न दिन्न भने मेरो धोको छ र यो धोको हामी सबैको हुनु पर्छ ।नेपालमा अन्गीनत समस्याहरु होलान आऔ हामी सबै मिलि एउटा समस्या निवारण गरौ । मानव रुपी यस शरीर र विवेकको सदुपयोग गरी रगतको अभावमा तड्पिरहेका बिरामीहरुलाई रक्तदान गरि सेवा दिन सक्छौ । त्यसैले आफु पनि रगत दिऊँ र अरुलाई दिन पनि उत्प्रेरणा देऔं र जीवनको रक्षा गरौ ।
अहिले नगरे, कहिले गर्ने
हामीले नगरे, कसले गर्ने ।
यो कार्यलाई सघाउनगैर आवासीय नेपाली संघको रक्तसंचार प्रविधि विकास उपसमितिले गायक इन्दिरा जोशी र शिव परियारज्युलाई गुडविल एम्बेसडरको रुपमा नियुक्त गरेको छ। यसै कार्यको उदाहरण रुपी हिजोको रक्तदान कार्यक्रम सम्पन्न इन्दिरा जोशिजिको आग्रहमा सम्पन्न भएको छ ।
कुनाल मिश्रा
कार्यक्रम संचालक अधिकृत
एन. आर. एन. बि. टी. एस. टी. टी.
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै