
‘डार्क सर्कल’ हटाउन खानुहोस् यस्ता खानेकुरा
५ चैत्र २०७५, मंगलवार ११:३५
‘डार्क सर्कल’बाट धेरै पीडित हुन्छन् । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छ :
भिटामिन ए
भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ ।
भिटामिन सी
भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्नाले डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।
भिटामिन के
भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ ।
भिटामिन ई
भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या