
होली कसरी र को संग खेल्ने ?
६ चैत्र २०७५, बुधबार ०६:००
साथीभाईको बिशेष याद होलीमा आउने गर्दछ । कोही रत्तिएर आँफैं होली खेल्न आँउछन् त कोहीलाई घरमा गएर जबरजस्तीपानी छ्यापेर र रंग दलेर ल्याउन पर्दछ । होलीमा दुई प्रकारका चरित्र देखिन्छ, एक जो रंग र पानीको सहर्ष ग्रहण गर्ने श्रेणीमा पर्दछन अनि अर्को जो ढोका थुनेर अनि झ्यालका पल्ला पछाडी लुक्ने गर्दछन् । होलीमा पानी अनि रंगका कथा प्रायश हरेक नेपालीको बाल्यकालमा जोडिएको हुन्छ । के गाँउ, के शहर ? के धनी के गरिब अनि के हिन्दु के मुसलमान अनि के ईसाई ? होली एउटा रगं लिएर आँउछ अनि तरंग दिएर जान्छ ।
अनि आज कहाँ कहाँ जाने त होली खेल्न ?
तराईमा एकदिन पछि होली भएपनि आखिर रौनक त के पहाड के तराई अनि के हिमाल ? सर्वत्र उस्तै छ । कसैसंग केही रिसराग भए, होलीले पखाल्छ । बर्षभरि कहिल्यै नटेकेको आँगन होलीले टेकाँउछ अनि नफुटेको बोली होलीले फुटाँउछ । दु:खद कुरा त के हो भनें गएका वर्षहरुमा नेपालमा धेरै परिवर्तन भएका छन् । मुख्य परिवर्तनको आन्तरिक अनि बाह्य परिवर्तन अनि यि परिवर्तनका खपेटाहरुले यस्तै चाडपर्वमा हामीहरुलाई छुने गर्दछन् । धेरै परिवार गाँउबाट शहर झरे, शहरबाट अन्य देश छिरे, लेक बाट बेसी झरे अनि समथर भूभाग झरे । तर पुराना थलोका रसहरु अनि होलीका उमगंहरु सर्वत्र सबैको हृदयमा छ । आउनुहोस् आज त्यस्तै केही पुराना यादहरु उक्काउँ, होलीका ।
कोसंग खेलौं
बालम हमरो बिदेश
जे बसगयो शाम
चिठीया दिने
जे बसगयो शाम
पतियो ना दिने
पायो ना कछु क सन्देश
होली कोसंग खेलुँ
होली को संग खेलुँ
बाल्कालका साथी सबै बिदेश
परिसक्यो साँझ
न चिठी आयो
न पत्र आयो
न कुनै सन्देश नै
होली कोसंग खेलुँ
साथी मेरो बिदेश
यो गीत अहिलेको धेरै नेपाली गाँउका लागि मिल्दोजुल्दो छ । धेरैजना बाल्यकालका साथी बिदेश गएका छन् अनि हामीमध्य धेरै चाहे बिदेश या स्वदेश जहाँ भएपनि होली कोसंग खेलुँ भनेर योजना गरिरहेका हुनसक्छौं ।
अर्को होलीको गज्जबको गीत छ, तराईको अलटायम फेबरेट ।
जोगीरा सरसर
जोगीरा सररर
कुन तालमै ढोलक नाचे कुन ताल मृदंग
कुन तालमै नटुवा नाचे कुन ताल मे जोगिरा
बोलो सारारारा
बोलो सारारारारााा
एकठन किच गुँजैछे
पिने छे भाँग
वा भई वा वा
जोगिरा सारारारारारााा
जोगिरा सारारारारााा
वा भाई वा वा
वा गवैया वा वा
जोगिरा एकजना प्रतिनिधिपात्र हुन्, उनी पुरुष पात्र हुन जो महिलालाई सम्मान गर्दछन् । उनी होलीमा आफ्ना साथीहरुसंग भाँग खाएर मस्त छन् । भाँगको नशालाई सारारारा ले जनाऊ दिएको हो, जोगिरा, ढोलक अनि मजिराको ताल फरक फरक छ । साथीहरु सबै जोगिरा सारारारारा गर्दछन्, होलीको यस गीत पनि एउटा अपरिहार्य पक्ष हो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा यस्ता माधुर्यता र प्रेमभावका यस्ता होली गीत गाउने चलन हराउँदै गएको छ । अहिले युवाहरु रोजगारीका लागि खाडी मुलुक जाने चलन बढेकाले गाँउ मा न त जोगिरा नाचिन्छ, न ढोलक बज्छ न त फागु गीत नै गाइन्छ । पहिले पहिले त श्रीपञ्चमी देखि नै गाँउगाँउ घुमेर जोगिरा गाउने चलन थियो । अहिले होली नितान्त उपभोक्तगत र बिलासी चाडमात्र भएको र यसको महत्व अनि गहनता लोप भइरहेको धेरैले आरोप पनि लगाएका छन् ।
शिव मठ पर राम खेलैए होली
यस भाकामा राधाले कृष्णलाई जमुनाको तीरमा कृष्णलाई होली खेल्न निम्तो दिएको प्रसंग उल्लेख गरिन्छ । यस्ता धेरै भाकाहरु अहिले तराईबाट लोप हुँदै गएका छन् । होलीको भाका अनि संस्कारको संरक्षण जरुरी छ किनभने बास्तविक अर्थमा भन्ने हो भने पूर्वीय सभ्यता अनि सनातन संस्कारमा होली पनि एउटा प्रेम दिवस नै हो । गाँउघर, दाजुभाई अनि छरछिमेकमा होलीभन्दा बिशेष अन्य कुनै दिन छैन जब हामी सबै पुराना कुरा र रिस भुलेर नयाँ शुरुवात गर्न सक्दछौं ।रघुबिरा अर्थात रघु बशंको बिर । अवधमा रघुबशंको यो बिरताको गाथा होलीमा धेरै अघिदेखि गाँइदै आएको गीत हो । के अवध, के मिथीला अनि के हिमाल या पहाड ? होलीका रगंमा कुनै बिभेद अनि सन्देश छैन् ।
ल होली अब कोसंग खेल्ने अनि कसरी खेल्ने योजना बनाउनुहोस् ?
कुन लुगा लगाएर खेल्ने, कहाँ कहाँ जाने अनि खाने परिकारहरु पनि ध्यान दिनुभएकै होला ?
वर्ष २०७५ को होलीको शुभकामना
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै