डा. सिके राउतको विखण्डनकारी पुस्तकको त्यो पाना


सरकारले एकजना विद्रोहीलाई सदनसम्म ल्याएको छ । कारागार बाट कार्यलयसम्म सिके राउतको यस यात्रालाई सबैले आआफ्नो नजरले हेरेका छन् । सि के राउतका ज्ञान र विचार दुईवटा फरक फरक कुराहरु हुन् । अन्तराष्ट्रिय विश्वविधालयमा अध्ययन गरि देश खाई शेष भएका राउतको ज्ञानमा दुइमत नहोला तर घरिघरि उनका वृतचित्र र पुस्तकमा गरिएको नेपालको चित्रणले नेपाली भूभाग विखण्डन गराउने उनको मनसायलाई वडो स्पष्ट पारिदिएको छ ।

यो पनि पढ्नुहोस् :  यस्ता थिए सिके राउतका विखण्डनकारी ८ नारा

उन्को मधेश स्वराज नामक पुस्तकमा ४३ वटा भागहरु छन् । स्वराजको अर्थ हो स्वतन्त्र शाषन, यस पुस्तकका हरेक पृष्ठ र अक्षरले स्वतन्त्र मधेश को पैरवी र नेपाली शाषन व्यबस्थाको कडा विरोध गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस् :  यस्तो छ सरकार र सीके राउतबीच ११ बुँदे सहमति

सनातन धर्मका केहि काव्यका र वक्ताका वाणिहरुले पुस्तकको शुरुवात गरेका राउतले अथर्ववेद देखि भागवतगीतासम्मका श्लोकलाई साभार गरेका त छन् तर सिंगो नेपालीपनाको वर्वतापूर्ण विरोध पनि ।

यो पनि पढ्नुहोस् : सिके राउतले खोले नयाँ पार्टी, नयाँ पार्टीको नाम ‘जनमत पार्टी’ !

पुस्तक मैथिली भाषाभन्दा हिन्दी भाषाको संवाहक हो जस्तो भान हुन्छ र यस पुस्तकमा राउतले आफ्नो व्यक्तिगत छवीको बढोत्तरीमा विशेष ध्यान दिएको भान हुन्छ । घरि घरि अस्तित्वको रक्षाको कुरा ल्याएर मधेश र स्वतन्त्रतामा आउँदछन् लेखक राउत ।
नेपालीभाषामा अनुवादित पुस्तक डिफेन्स टु डिनायलको नेपाली नाम भनें वैरागी देखि वचावसम्म राखिएको छ ।

यस पुस्तकको परिशिष्ट
क.  शान्तिका अग्रदूत गौतम बुद्धलाई एक पत्र
ख. श्री ५ महाराजाधिराज तथा सम्बन्धित सबैलाई एउटा खुला पत्र
ग. मधेश आन्दोलनका क्रममा दिइएका सार्वजनिक वक्तव्यहरू
घ. प्रस्तावित मधेश राष्ट्रगान
ङ. काठमाण्डू के खुलामञ्च पर मधेशी मोर्चा द्वारा आयोजित आमसभा में भाषण

लेखकका बारेमा

डा. सी. के. राउत सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मे हुर्केका हुन्। उनले नेपालको त्रिभुवन यूनिवर्सिटी, जापानको टोकियो यूनिवर्सिटी र बेलायतको क्यामब्रिज यूनिवर्सिटीबाट शिक्षा प्राप्त गरेका छन्। उनी युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट विभूषित छन्। अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत् उनी सन् २०११ को अन्त्यतिर आफ्नो पदबाट राजीनामा दिएर मधेश फर्के। उनी अमेरिकामा दर्ता गरिएका तथा विश्वभरि नै उपस्थिति राखेर मधेशी हक(हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर आवासीय मधेशी संघका संस्थापक अध्यक्ष हुन्। उनी सामाजिक रूपान्तरणको उद्देश्य बोकेका इजोत अभियानका संस्थापक समेत हुन्।

प्रस्तावना

‘डिनायल टु डिफेन्स्’ मुख्य रूपमा सन् २०१० को अन्त्यतिर अमेरिकामै बस्दा लेखिएको हो। नेपालमा मेचीदेखि महाकाली यात्रा सकेर अमेरिका फर्केको केही समयपछि आफ्नो जन्मभूमि नै फर्किने निर्णय गरे पश्चात् नै मैले त्यो किताबलाई मूर्तरूप दिन थालेको थिएँ। पहिलो ड्राफ्ट २०११ को पूर्वार्धमै सके पनि सम्पादन गर्न भने मैले समय निकाल्न सकिरहेको थिइनँ, र नेपाल फर्कँदासम्म पनि त्यो काम पूरा हुन सकेन। नेपाल फर्केदेखि भने म अनवरत रूपमा अनेकौं जिज्ञासा, कौतुहलता र प्रश्नहरूको लक्ष्य बन्न पुगेँ र त्यसकारणले आफ्नो आत्मकथा चाँडै नै प्रकाशित गर्नुपर्ने आवश्यकता महशूस भएर आयो। जिज्ञासुहरू प्रायस् नेपाली भएकाले तथा मूल अंग्रेजी संस्करणको प्रकाशनमा ढिलाइ तथा अनिश्चितता देखिएकाले नेपाली अनुवाद नै पहिला ल्याउनु परेको हो।

प्रकाशन चाँडो गर्ने हेतुले नेपाली लेखनमा खासै अभ्यास नभए तापनि अनुवाद आफैंले गर्नु परेको हो। अनुवाद गर्दा मुख्य रूपमा भावलाई नै विचार गरिएको छ, र आफैंले अनुवाद गरेकाले मूल संस्करणको तुलनामा केही काँटछाँट गर्ने स्वतन्त्रता पनि मैले उपयोग गरेको छु। हुन पनि मूल अंग्रेजी संस्करण अन्तर्राष्ट्रिय पाठकलाई ध्यानमा राखेर लेखिएको थियो, तर नेपाली पाठकलाई आफ्नै देशका कतिपय कुराहरू विस्तारमा वर्णन गरिराख्नु पर्ने आवश्यकता पनि हुँदैन। अर्को कुरा, यस संस्करणमा मैले पहिला नेपाली वा हिन्दीमा लेखेका केही सम्बन्धित कुराहरूलाई परिशिष्टको रूपमा थपेको छु र त्यसमा हालका केही कुराहरू पनि परेका छन्। त्यसै गरी यस संस्करणमा केही तस्वीरहरू पनि थपेको छु।

समयाभावको कारणले अनुवाद गर्नुदेखि लिएर टाइप र लेआउट पनि आफैंले नै गरेर यो पुस्तक पाठक समक्ष ल्याउनुपर्यो, भाषा शुद्धि गर्नसम्म पनि भ्याएन। यस किताबमा निश्चय नै भाषागत् तथा अन्य त्रुटीहरू भएका छन्। त्यसलाई आउँदा संस्करणहरूमा सुधार्ने बचनका साथ यो पुस्तक पाठकहरू समक्ष राख्दछु।

पुस्तक तयारी तथा प्रकाशन गर्ने क्रममा मलाई सहयोग गर्नु हुने सबैलाई म धन्यवाद दिन चाहन्छु। खास गरी म आफ्नो गुरूवर्ग प्रति विशेष आभारी छु।

डा. सी. के. राउत (क्यामब्रिज)
२०१२ अप्रिल ७, राजबिराज

सिता र बुद्धको विशेष उदहारणहरु राखेर लेखिएका यस पुस्तकको एउटा पानामा नेपाल आमाप्रतिको यो टीप्पणीले सि के राउतलाई सर्वत्र निन्दाको पात्र बनायो । सिके राउतको नेपाली पहिचानसंगको वितृष्णा हो या नेपाली शाषनव्यबस्थाप्रतिको उदासिनता तर अब सत्ता समिकरणका ठूला खेलाडीहरुसंगको सहकार्यले यिनलाई राष्ट्रियता र नागरीक कर्तव्यसंग केहि निकट ल्याउने हो कि ?
राउत र राउत जस्ता अन्य धेरै बुद्धिजीवी नेपालीको यस देशलाई खाँचो छ अनि जरुरत छ उनीहरुको अर्थपूर्ण सहभागीताको राष्ट्र निर्माणका लागि ।

 


Loading comments...