
प्रचण्डलाई परिचित आतंकवादी भन्दै अमेरिकामा उजुरी, पक्राउ गर्न माग
५ चैत्र २०७५, मंगलवार १७:१२
पत्नी सीता दाहालको उपचारका लागी अमेरीका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ ।
दाहाललाई ‘परिचित आतंकवादी’ भएको भन्दै अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा उजुरी हालेका हुन् ।
जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।
श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिदै युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ पक्राउ गरेका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहाल जोन हकिङ्स अस्पतालमा रहेको जानकारी दिँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानुन र अमेरिकाले आतंकवादविरुद्ध लिएको प्रतिबद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक