Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

सगरमाथाका कथाहरु पनि लेखिदेउ है ईशिगुरो ।

६ चैत्र २०७५, बुधबार १०:००

परार साल गायक एवं गीतकार बब डायलन ले नोवेल साहीत्य पुरस्कार पाँउदा एक हिसाबले बिश्व समुदाय चकित पनि नपरेको हैन् । बब डायलनका गीत अनि संगीतमा जादु नभएको हैन तथापि गायकका रुपमा अधिकांश बिश्ववासी ले चिनेका यि सर्जक एक्कासी नोवेल साहित्य पुरस्कार बिजेता हुँदा आश्चर्य लाग्नु स्वभावीक थियो । नोवेल साहित्य बिधामा संगीतको यो समिश्रण अनि घोषणा बिवादीत पनि बन्यो अनि सहर्ष स्वीकार पनि भयो ।  नेपाल अनि साहित्य अत्यन्त निकट कुरा हो, आउनुहोस् बिश्वको यो कुनामा बसेर अन्तराष्ट्रिय साहित्य जगतको महान उपाधी नोवेल साहित्य पुरस्कारको सन् २०१७ का बिजेता कवी अनि लेखकको कुरा गरौं ।

कुरा गरौं यी खारिएका श्रष्टा काजुओ ईशिगुरो  को । काजुओ ईशिगुरो जापानमा जन्मिएका अनि बेलायतमा हुर्किएका हुन् । नागाशाकी जापानमा सन् १९५८ मा जन्मिएका यिनी ईशिगुरो ६२ बर्षका भए, ५ बर्षको उमेरमा जापान छाडेका भएपनि यिनका सृजनामा युद्धका खाटा अनि व्यथाहरु पाइन्छ । उनको कृती आर्टिस्ट अफ द फ्लोटीगं वल्र्ड अर्थात तैरिरहेको बिश्वको एउटा कलाकारमा उनले एकजना जापानी चित्रकारको कथा कोरेका छन् जसलाई जापानी सरकारले दोश्रो बिश्व युद्ध पछि देशद्रोहको आरोप लगाएको हुन्छ ।

यिनको अर्को कृती रिमेन्स अफ द डे मा आधारित भएर त चलचित्र नै बनेको छ । सभ्रान्त नाजी हाकिमले आफ्ना बारेमा लेखेको सकारात्मक शब्दहरु पात्र स्टेफेन बटलर ले हाकिमको मृत्युपछि मात्र पाँउदछ । मेरा लागि भनें उनको दमदार कृती सन् १९९५ मा प्रकाशित द अनकन्सोल्ड हो । भारी शब्द भन्दा पनि अचम्मका घटनाक्रम नै यस कृती अनि सर्जकको शक्ति हो । लिफ्टमा चढेका मान्छेहरु बीच गाँसिएको यो कृती एउटा सानो यात्राका बारेमा हो । स्पष्ट रुपमा एकजना पियानो बजाउने मान्छेको बिदेशयात्रा अनि कामको चापको बिषयमा यस कृती रहेको छ, ३ दिनको कथा रहेको यो कृती अत्यन्त दमदार र पढ्नै पर्ने कृतीमध्य एक हो । ५१० पानाको भएतापनि ३ दिनको कथा रहेको यो पियानो बाधक अन्त्यमा शुन्य मञ्चमा छिर्दछन् ।

अंग्रेजी पत्रिका द गार्जियन संगको धेरै अघिको अन्र्तवार्तामा जीवन लाई सपनाहरुको व्याकरण संग ईशिगुरोले तुलना गरेका छन् । पुराना कथामा ढोकाको ढकढक पछि मान्छे छिर्दछ भनें नयाँ धारमा कुरा फरक हुने अनि पाठकको सपनाको व्याकरणसंग मेल खान सहज हुने घटनाक्रम उनी व्याख्या गर्दछन् । नागाशाकीमा जन्मो यि सर्जकका कथामा द्वन्द, असमानता अनि कलाप्रेमी पात्रहरु लगभग सबैजसो कृतीमा पाइन्छ । अर्कोतर्फ उनका पीता बिश्वप्रसिद्ध समुन्द्र बिशेषज्ञ हुन जो अत्यन्त गोप्य परियोजनाका लागि बेलायत सरकारका लागि कार्य गर्दथे । तसर्थ धेरैजसो बाल्यकाल यिनको कडा सुरक्षा बीच बित्न पुगेको थियो ।

सन् १९८२ मा प्रथम कृती ए पेल भ्यू अफ हिल्स लेखेका ईशिगुरो ले सन् २०१७ सम्मको लेखन यात्रामा अन्य थुप्रै कृतीहरु अनि परिवेशहरु पस्केका छन् । २०१७ मा यिनको नोवेल पुरस्कार लगभग धेरैले अड्कल पनि काटेको बिषय हो ।
यस पटक एसिया महादेशकै सर्जकको पोल्टामा यस पुरस्कार पर्न गयो, खुशीकै कुरो हो । यिनको वेन बी वेयर अर्फानस अर्थात जब हामी टुहुरा थियौं भन्ने पुस्तक पनि उत्तिकै चर्चित छ । बिभिन्न अन्तराष्ट्रिय पुरस्कार अनि सम्मान बाट सम्मानित यि लेखक ले मान्छेभित्र को आन्तरिक द्धन्दलाई पनि बडो गज्जब संग प्रस्तुत गरेका हुन्छन् । कथाले अड्कल नै काट्न नसक्ने मोड लिन्छ, पात्रले जीवनको प्रार्थमिक्तालाई बडो चित्तोकर्षक तवरले परिवर्तन गर्दछ अनि पाठकले एउटा अविस्मरणीय स्वाद पाँउदछन ।

उनका हरेक कृतीको साराशं दिने प्रयास गर्दछु, जीवन कसैको पनी स्पष्ट छैन् । बधाई छ, ईशिगुरो । कहिले काँही नेपाल अनि सगरमाथाका कथाहरु पनि लेखिदेउ है ईशिगुरो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या