Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

प्रदीप जसिताको “मेरो आँगनीमा” युट्युव ट्रेन्डिङमा छायो

६ चैत्र २०७५, बुधबार २१:५०


काठमाडौं, ६ फागुन । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो…को भिडियो पनि युट्युव नेपाल ट्रेन्डिङमा परेको छ । रिलिज भएको १८ घन्टामै युट्युव ट्रेन्डिङमा परेको यो भिडियो अहिले युट्युव नेपाल ट्रेन्डिङमा २५ औं स्थानमा छ ।

नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो…को भिडियो सोमबार रिलिज गरिएको हो । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबार साँझ यो गीतको भिडियो रिलिज भएको थियो ।
अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा एउटा लोक व्याण्डका भोकलिस्ट (गायक) का रुपमा प्रस्तुत भएका छन् ।

बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वररहेको छ । गीतलाई लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् ।

चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईएको जानकारी गराउँदै लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले भने,‘यो क्यारेक्टर इन्ट्रोडक्सन गीत भएकाले हामीले कुनै प्रकारको बुस्ट नगर्दा पनि यो गीत अर्गानिक रुपमै युट्युव ट्रेन्डिङमा परेकोमा खुसी लगेको छ । सुन्ने गीत भएकाले यसलाई दर्शकले मन पराउनु भएको छ ।

चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,