
यात्रा युनिटको होली
७ चैत्र २०७५, बिहीबार १४:४०
काठमाडौं, ६ चैत्र । यो हप्ता रङहरुको पर्व होली । पूर्णिमाको दिन पर्ने पर्व भएकोले यसलाई फागू पूर्णिमा पनि भनिन्छ । नेपाल चलचित्र ‘यात्रा’ युनिटले होली मनाएको छ । चैत्रको अन्तिम साता अर्थात् २९ गते रिलिज हुने फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ युनिटले बुधबार दर्शकसँग होली मनाउने भन्दै युनिटका सदस्यसँग होली खेलेको हो ।
चलचित्र युनिटले सार्वजनिक गरेको भिडियोमा चलचित्र युनिट रङहरुसँग रमाइरहेको देखिन्छ । राइजिङ स्टार सलिन मान बनियाँसँगै रङहरुसँग रमाइरहेका डेब्यू गर्ल मलिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई पनि भिडियोमा देखिएका छन् । साथमा विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका छन् ।
चलचित्र युनिटले बुधबार काठमाडौंका विभिन्न स्थानमा पुगेर दर्शकसँग होली समेत खेलेको बताइएको छ ।
यसअघि आफ्नै सर्कलमा मात्र होलीमा रमाउने नायक सलिनमान बनियाँ यसपटक मिडिया र दर्शकसँग होली खेल्न उत्साहित देखिएका छन् ।
साथै, उपत्यकाका विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी भएर होली खेल्ने निर्देशक सम्राट शाक्यले जानकारी दिए ।
भिडियोः
तस्वीरहरुः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको
मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत
दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ