मुसलमान समुदायमा होलीको महत्व


आजभोली चाडपर्वलाई धर्मको यस्तो नमिठो लेप लगाइएको छ कि हरेक चाड र रौनकलाई धर्मविशेष संग जोडेर अल्पव्याख्या गरिएको पाइन्छ । तर हजारौं वर्षदेखि एकआपसमा साथसाथै आएका दुई धर्मधारहरु सनातन धर्म र इस्लाम धर्ममा निकै चाडपर्व र रौनकहरुमा समानता पाइन्छ । मुगल राज्यका समयमा मुसलमान राजाले करोडौं हिन्दु जनतामाथि शाषन गरेका हुन र त्यतीबेला कुनै धार्मिक प्रतिबन्ध थिएन बरु उल्टै इतिहासका पाना पल्टाँउदा आजपनि कैयन मुगल राजा र सुफी लेखकहरुले होली र बसन्तपञ्चमीजस्ता चाडहरुको रौनक वयान गरेको पाइन्छ ।

आज हामी मुगल इतिहासका ति पाटाहरु पल्टाउने प्रयास गर्दै छौं । अहिले पनि ब्रिटिश संगा्रहलयको भित्ता भित्तामा कुँदिएका र राखिएका बिभिन्न मुगल पेन्टीगंहरुमा होली पर्वका छनक र रगंहरुको समिकरण यस पुस्ताले नै देख्न सक्दछ । मुगल राजा अकबर होलीको रौनकमा यति रमाउथें कि राजा स्वयमले पिच्कारीहरुको संकलन गरेको इतिहास देखिन्छ । होलीकै दिन मात्र यस्तो दिन थियो जब सामान्य नागरीकले पनि शहनशाह माथि रगं फ्याक्न र रमाइलो गर्न सक्दथे । अकबरका पुत्र जहाँगीरले आफ्नो जीवनपुस्तक जहाँगीरनामा मा होली र बुवाको संझनाका विषयमा निकै लेखेका छन् ।

इस्लामी पात्रोमा होली वर्षको अन्तिम दिनमा पर्दछ, यो इस्फानदरमुध महिनामा पर्दछ । यस दिन अगावैको साँझमा बाटोघाटोमा बत्ति बाल्ने परम्परा रहेको पाइन्छ र दिनको समयमा सबैले आआफ्नो साथीभाईको अनुहारमा मिठासयुक्त वासनादार धुलो लगाउने र रातीको समयमा आगो बाल्ने चलन मुसलमान समुदायमा उतिबेला अर्थात मुगल परम्परामा भएको इतिहास छ । यता सुफी गीतकार र रचयताहरुले पनि होलीको रंगलाई काव्यरसमा हालेको पाइन्छ, १३ देखि १४औं शाताब्दी बिचका दिल्लीका सुफी रचयता चिस्ती दरगाहका निजामुद्धिन औलेयाका बिभिन्न रचना र बिम्बमा होलीका रंगहरु छन् । निजामुद्धिनका अनुयायी अमिर खुसा्रेको एउटा बहुचर्चित कव्वाली आज रगं है रे मा पनि होलीका अवयवहरु वर्णन छन् । आज रगं है रे त आज पनि यूट्यूबमा खोजेर बिभिन्न भर्जनमा हेर्न सकिनेछ, यो आज रगं है रे मा अमिर खुस्रोले रगंको बिम्बमा होलीको रौनक व्यक्त गरेका छन् । खुसा्रेले यस रचनामा कृष्णको जन्मथलोको पनि चर्चा गर्न भ्याएका छन् र अर्का सुफी रचयता बुल्ले शा ले म अल्लाहको नाममा होली खेल्नेछु र खेल्छु भनि आफ्नो शायरीमा भनेका छन् ।

उता पाकिस्तानी गायिका अल्वीदा प्रविनले गाएकी नियाजको गजलमा होरी हो रहि है भन्ने बोल छ । मुगल साम्राज्यमा मुसलमान समुदायमा होलीको रौनक र महत्व आजपनि काव्य र रचनामा देख्न सकिन्छ । अवधका अन्तिम नवाव वजिर अलि शाहले पनि आफुले बनाउन लगाएका अनेकन चित्रकलामा होलीका रगंहरुको मिश्रण देखाउन लगाएका थिए भनें यिनैको पालामा लखनउको बिशेष घराना कथक चलन शुरु भएको थियो जस्ले आज पनि कला र साहित्यमा योगदान गर्दछ । वजिर अली शाहले त २१ वर्षको उमेरमा राधा कन्हैयाका किस्सा भनेंर एउटा काव्य नै लेखेका छन् जस्मा उन्ले राधा कृष्णको होली किस्सा वयान गरेका छन् ।

पछिल्लो समयमा पनि सन् १९५७ मा बनेंको भरातीय सुप्रसिद्ध चलचित्रका निर्माता मेहबुब खानले आफ्नो चलचित्रमा होली आयो रे कन्हाई भन्ने गीत हालेका थिए । यस गीतका गीतकार शकिल बाडायूनी र संगीतकार नुसाद हुन् । सम्पूर्ण रुपमा मुसलमान सर्जकहरु भए पनि होलीको त्यस गीती कोसेली कति मिठो र सर्मपणात्मक छ, सोचौं अनि सुनौं न । होलीका कुनै जात या धर्म छैन, एउटा मुसलमानको कलमले लेखिएको होलीको गीत र काव्यहरु आज हिन्दुहरुको घरघर अनि मन्दिर मन्दिरको शोभा भएको छ ।

सबैलाई होलीको शुभकामना ।
अल्लाह, भगवान, जिसस या अबा्रहम सबैको नाममा रगं खेलौं र रमाऔं ।

सुयोग ढकाल


Loading comments...