बालाकोट हमला पछि भारतसंग के छ विकल्प?


संयुक्त राज्य अमेरीकाले पाकिस्तानलाई आतंकवादी संगठनहरूका विरुद्ध ठोस कार्य लिन आग्रह गरेको छ । अमेरीकाले यो पनि भनेको छ कि यदि फेरि फेरि आतंकवादी आक्रमण हुन्छ भने छ भने दुवै देशका भू-भाग शान्तिको लागि सही हुनेछैन ।

पाकिस्तानले आफ्नो भूमीमा सञ्चालन गर्ने आतंककारी संगठनहरूको विरुद्ध उपयुक्त कदम चाल्नुपर्छ, यसबारे अमेरिकाको स्पष्ट धारणा छ ।

रिपोर्ट अनुसार, ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारी भन्छन्, “पाकिस्तानी सेनाले जैश-ए-मोहम्मद र लश्कर-ए-तोएबा जस्ता आतंकवादी संगठनहरूको विरुद्धको कडा कदम चाल्नुपर्छ ।” भारतद्वारा बालाकोट एयर स्ट्राईकबारे अमेरिकी अधिकारीले पाकिस्तानी वायु सेनाका कार्यहरूको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो ।

अधिकारीका अनुसार, “अहिले हामी स्थितिको जाँचबुझ गरीरहेका छौं र यस बिषयमा अझ धेरै कुरा गर्नु उपयुक्त छैन ।”

यद्यपि उनले तथ्यलाई सङ्केत गरे कि पाकिस्तानले हालै केही चरमपंथी संस्थाहरूको लागि विभिन्न स्रोतबाट आइरहेका सहयोग रकम बन्द गरिसकेको छ जस अन्तर्गत जैश-ए-मोहम्मदलाई उपलब्ध केही सुविधाहरू पनि रोकिएको छ ।

भारत र पाकिस्तानबीचको तनाव केही दिनपछि पाकिस्तानको बालाकोटमा भारतीय सेनाको हवाई हमला पछि चरम सीमामा पुगेको थियो भने छिमेकी देशहरुमा दुई देशबिचको संभावित युद्धको त्रास फैलिएको पाईन्थ्यो ।

दुवै देशबाट निरन्तर यस सम्बन्धमा तारन्तार आएका बयानबाजी तथा मिडियाबाट प्रेसित हुने रिपोर्टहरुमा विस्तारै कमी आउनुको साथै अहिले शान्ति छाएको छ । दुवै पक्ष हाल आफ्नो सीमा सुरक्षामा तल्लिन छन् ।

भारतमा भने अहिले आम निर्वाचन मुखैमा छ र यस अवस्थामा हुने कुनैपनि गतिविधिहरुमा भारत सरकारले लिने हरेक निर्णयहरुलाई राजनीतिक दृष्टिले हेरींदैछ ।

यसैबीच मुख्य प्रश्न के उठ्छ भने बालाकोटमा पाकिस्तानको हवाई प्रतिकार पछि पाकिस्तानले पक्राउन गर्न सफल भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दनलाई भारत फिर्ता गरेपछि भारतको अबका दिनहरुमा कस्तो भूमिका हुनेछ । अथवा अमेरिकाले पाकिस्तानलाई निर्देशित गरेको दिशा के हो ? त्यसमा भर पर्नेछ अबको भारत पाकिस्तान भित्रको शान्तिको माहोल ।

भारत मातहतमा रहेको कस्मिरस्थित पुलवामा जिल्लामा भारतीय सीआरपिएफको क्याम्पमा भएको आतंकवादी हमला (जसलाई पाकिस्तानमा रहेको जैश-ए-मोहम्मदले जिम्मेवारी लिएको थियो) पछि सृजित अवस्था उपर भारतले यसका लागि पाकिस्तान सरकारलाई आरोप लगाएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको आरोपलाई चुनौति दिंदै भने, “यदि पुल्वामा आक्रमणमा पाकिस्तानको कुनै किसिमको हात भएबारे प्रमाण छ भने भारतले ति प्रमाणहरु प्रस्तुत गरोस् पाकिस्तान सरकारले दुवै देशको हीतलाई मध्यनजर राख्दै जुनसुकै सहयोग गर्नेछ ।”

तथापि, पुल्वामा आक्रमणको १३ दिन पुरा भएपछि, भारतीय वायुसेनाले पाकिस्तानको बालाकोट क्षेत्रमा केही बम विस्फोट गर्यो र दावी गर्यो कि भारतले जैश-ए-मोहम्मदको ठूलो क्याम्पलाई ध्वस्त गरेको छ ।

पाकिस्तान अधिनका क्षेत्रमा भएका हवाई आक्रमणलाई पाकिस्तानको सेनाले पुष्टि गरिसकेको थियो र उनीहरुले अन्तर्राष्ट्रिय सीमा उल्लङ्घनको रूपमा वर्णन गरेका थिए । तत्काल पाकिस्तानी प्रधानमन्त्री टिभीमा आएर उनले चेतावनीका रुपमा भने, “हामी बदला लिन सक्थ्यौं।”

एयर स्ट्राइक पछि कुन अवस्थानमा उभिएका छन् त भारत-पाकिस्तान? अब भारतको मनोवृत्ति कस्तो हुनेछ?

यदि हामीले इतिहासका पानाहरू पल्टायौं भने भारतको मनोवृत्ति सधैं शान्तिगामी देशको रूपमा भेटिन्छ । त्यो सन् 1993 को मुम्बई बम ब्लाष्ट होस् या सन् 2001 मा भारतीय संसदमा भएको हमला होस् ।

 भारतीय मिडियाका अनुसार सन् 2008 मा मुम्बईस्थित ताज होटलमा भएको आक्रमण पछि पनि भारत उग्र रुपमा उभिएको थिएन । सामान्यतया, भारत सरकारले पाकिस्तानसँग हुने जुनसुकै व्यापार रोक्ने, पाकिस्तानी कलाकारहरुलाई देश निकाला तथा बलिउडमा बन्देज लगाउनुका साथै संसारमै अत्याधिक रुचाईने दुई देशबिचको क्रिकेट सीरीजमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

तर विगतका केही वर्षहरूमा, भारतको मनोवृत्तिमा स्पष्ट परिवर्तन देखिन्छ । उरी आक्रमणको प्रतिक्रियामा भारतीय सेनाले सर्जिकल स्ट्राइकको कुरा गरे र अब पुल्वामा आक्रमण पछि भारतीय वायु सेनाले गरेको हवाई आक्रमणले पनि भारतका बिरुद्ध हुने जुनसुकै आतंकवादी हमलाको जवाफ दिन आक्रामक देखिन्छ ।

भारतीय रक्षा विशेषज्ञहरूले विश्वास गर्छन् कि भारत र पाकिस्तान परमाणु हतियारको हैसियतमा हुनुका कारण दुवै देश कुनै पनि घोषित युद्ध तिर जान चाहँदैनन् । तर यस्ता किसिमका धेरथोर युद्धहरू दुई देशबीच चलिरहन्छ, यो रोकिनेवाला छैन ।

भारतीय एयर स्ट्राईकबारे पाकिस्तान सहित केही अन्तर्राष्ट्रिय पत्रकारहरूले पनि प्रश्न उठाउँदै आएका छन् र यस्ता कथित स्ट्राईकहरुले कुनै नोक्सानी पुर्याएको छैन भन्ने दावी उनीहरु गर्छन् । पाकिस्तानले भारतीय वायुसेनाको एउटा दावीलाई खण्डन गरेको थियो जसमा भारतले पाकिस्तानको लडाकू विमान F-16 खसाउन सफल भएको कुरा मिडियामा जोडतोडले प्रचार-प्रसार गरीएको थियो ।

कश्मीर समस्या समाधान
भारतले पाकिस्तानसंगको विवादास्पद सीमानालाई सुदृढ गर्नु अघि यसको भित्री क्षेत्रलाई बलियो बनाउनुपर्नेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कश्मीरी जनताको विश्वासको लागि आवश्यक छ ।

पुल्वामा आक्रमण गर्ने युवा कश्मीरकै स्थानीय थिए । यसबाहेक, धेरै कश्मीरी युवाहरूमा पनि भारतीय सरकारले केहि वर्ष यता प्रस्तुत गरेको हेपहा भूमिकाप्रति रुष्ट छन् ।

रक्षा विशेषज्ञ उदय भास्कर भन्छन्, “सैन्य कार्यले मुख्य समस्या समाधान गर्नेछैन । जैश-ए-मोहम्मद जस्तो एउटा समूह पाकिस्तानमा सुरक्षित छ र कश्मीरकै एक भारतीय युवा यस्तो घातक र खतरनाक कदम उठाउन तयार हुन्छन्, यो डरलाग्दो छ ।”

भास्कर भन्छन्, “वास्तविकता के हो भने भारतले पाकिस्तानबाट 1990 देखि सुक्ष्म युद्धको सामना गरिरहेको छ र यो युद्ध चरमपन्थीहरूको माध्यमबाट भईरहेका छन् । जसका कारण भारतले निरन्तर चरमपन्थी आक्रमणको सामना गर्दै आउनुपरेको हो ।”

भारतसंग विकल्प के छ त?

तर, यसको अर्थ यो हैन कि भारतसँग कुनै तरिका नै छैन र उ यस्तो उग्रवादी आक्रमणहरूको सामना गर्न असहाय जस्तो छ । त्यहाँ राजनयिक विकल्पहरू छन् र त्यहाँ केही अनुकूल आर्थिक परिस्थितिहरू छन् जुन अन्तर्राष्ट्रिय समुदायले स्वीकार समेत गर्न सक्नेछन् । भर्खरै फ्याट रिजर्भेसन र आतंकवादी वित्तिय भरणपोषणको समीक्षा गर्दै FATF (वित्तीय कार्य बल) पेरिसमा बैठकमा खैरो सूचीमा राखिएको छ । यसको अर्थ यो हो कि पाकिस्तानलाई आईएमएफ वा विश्व बैंकबाट प्राप्त हुने ऋण प्रभावित हुनेछ र भारत अवश्यपनि यी बाटो समेतको प्रयोगका लागि अन्तर्राष्ट्रिय समूदायलाई दवाव दिन पछि हट्नेछैन ।

जहाँसम्म सैन्य क्षमताहरूको कुरो छ, भारतले आफ्नो समग्र खुफिया प्रणालीलाई बलियो बनाउन आवश्यक छ । यो भिन्नताका विषयमा रक्षा विश्लेषकहरुले 1999 को कर्गिल युद्धबाट सुझाव दिईरहेका हुन, तर अझै पनि यस विषयमा केन्द्रित हुन जरुरी छ ।

फेशनमा समावेश केही गोप्य कार्यहरू भएसरी केही गोप्य कार्यवाही गर्न सक्छ तर भारत यसलाई शायद् सार्वजनिक गर्न नचाहला ।

अब हेर्नुपर्ने कुरा यो छ की, आउँदा दिनहरुमा के हुन्छ । लोकसभा निर्वाचन हुँदैछ जसका कारण सत्ता केही न केही अवश्य काम गरेर देखाउन चाहन्छ तर आशा छ की भारतीय सत्तापक्ष चुनावी फाईदाका लागि देशलाई युद्धतर्फ धकेल्ने छैन । तथापि लोकतान्त्र यस्तो काम गर्नको लागि बद्नाम छ । अमेरिकाको पूर्व राष्ट्रपति जॉर्ज बुश र 2003 इराक युद्ध सम्झनुहोस् … तथापि, यी कुराहरू भन्ने कुरा न हो ।

—-
बिबिसि हिन्दिको विश्लेस्नात्मक सामाग्रीको नेपाली उल्था


Loading comments...