
विप्लव प्रकरण : सरकारले माग्यो सेनासँग स्पष्टिकरण
८ चैत्र २०७५, शुक्रबार १३:४३
नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो ।
बिहीवार नागरिक दैनिकले विप्लव नेतृत्वको नेकपा समस्यालाई राजनीतिक समाधान गर्नु पर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत यही बिषयमा छलफल भएको समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, सचिव रेश्मीराज पाण्डेले सेनाको धारणाबारे जंगी अड्डासँग स्पष्टिकरण मागेका थिए ।
सरकारको स्पष्टिकरणपछि सेनाले सरकारकै आधिकारीक धारणा र निर्देशन नै सेनाको धारणा भन्दै विप्लववारे आन्तरिक रणनीति र सरकारलाई दिएको गोप्य सुझावबारे आएकाो समाचारप्रति आपत्ति जनाएको हो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले यसअघि बिप्लब र सिके राउतका गतिबिधि र समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्ने धारणा पटक पटक सार्बजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको